सिजी प्रोपर्टिजले ललितपुरको सुनाकोटीमा ७१ वटा भिल्ला बनाउने, २५ रोपनी जग्गा, २० फिटको बाटो

बिजमाण्डू
२०७३ असोज ७ गते १३:३४ | Sep 23, 2016


काठमाडौं। सिजी होल्डिङ्सको सहायक कम्पनी सिजी प्रोपर्टिजले ललितपुरको सुनाकोटीमा प्रिमियम लक्जरियस नयाँ अपार्टमेन्ट 'दि भिल्ला' को निर्माण थालेको छ। नेपालको ठूलो मध्येको एक सिजी प्रोपर्टिजले सातदोवाटोवाट पाँच मिनेटको दुरीमा रहेको सुनाकोटीमा भिल्ला निर्माण गरेको हो।

Tata
GBIME
Nepal Life

चारैतिर हरियालिले घेरिएको यो अपार्टमेन्ट हालसम्म उत्पादन भएका र प्रयोग भएकोमध्ये नयाँ प्रविधि अपनाएर बनाएको सिजी प्रोपर्टिजले जनाएको छ। अत्याधुनिक सुविधाले सम्पन्न रहेको यो अपार्टमेन्टमा दैनिक जीवनमा अत्यावस्यक किसिमको डिजाइन तथा सुरक्षाका दृष्टिकोणले उत्कृष्ठ बनाइएको कम्पनीले जनाइको छ।

दि भिल्लामा हालै मात्र सरकारले जारी गरेको भूकम्प प्रतिरोधी भवन निर्माण आचारसंहिता पालना गरिएको र प्रत्येक भिल्लाहरुमा जानका लागि २० फिटको बाटो रहेको छ।

कम्पनीले ल्याण्डस्केप सेटिङमा २५ रोपनी जग्गामा ७१ वटा इन्डिपेन्डन्ट लक्जरी भिल्ला बनाउने जनाएको छ। यी भिल्लाहरु एकहजार चार सय ५० देखि दुई हजार एकसय ५० स्क्वायरफिट साइजमा पाइने कम्पनीले जनाएको छ। भिल्लामा गार्डेन स्पेस, कार पार्क र प्राइभेट ट्यार्रेससहित सुविधासम्पन्न बसोवासक्षेत्र रहनेछ।

सम्पूर्ण भिल्लाहरुमा नवीकरणीय उर्जा सोलार पावरको व्यवस्था गरिने कम्पनीले जनाएको छ। कम्पनीले प्रत्येक भिल्लाहरुमा ट्रिटेड पानीको व्यावस्थाका साथै अन्डरग्राउन्ड आठ दखि १० हजार लिटर क्षपताका ट्याङ्कीको व्यावस्था गर्ने जनाएको छ। त्यस्तै प्रत्येक भिल्लाहरुमा सेक्युरिटको व्यवस्था गरेको कम्पनीले जनाएको छ।