नारायणगढमा सिप्रदीको प्यासेन्जर भेहिकलको शोरुम,टाटाको बहुप्रतिक्षित टियागोको बिक्री सुरु

बिजमाण्डू
२०७३ असोज ७ गते १८:१७ | Sep 23, 2016
नारायणगढमा सिप्रदीको प्यासेन्जर भेहिकलको शोरुम,टाटाको बहुप्रतिक्षित  टियागोको बिक्री सुरु

काठमाडौं। टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नारायणगढमा प्यासेन्जर भेहिकलको शोरुम संचालनमा ल्याएको छ। कम्पनीको यो प्यासेन्जर भेहिकलको १७औं शोरुम हो।

यो शोरुमसँगै टाटाको नयाँ स्पोर्टी ह्याचब्याक टियागोको बिक्री सुरु गरेको छ। यो गाडीको मूल्य २२ लाख ५५ हजार रुपैयाँबाट सुरु हुन्छ। आकर्षक बडी विथ सार्प लाइन भएको यो गाडीमा अत्याधुनिक इन्टेरियर भएकोले लुक्स पर्फेक्ट छ।यो गाडी तीन वटा भेरियन्टहरु एक्सर्इ,एक्सएम र एक्सजेडमा उपलब्ध छ।अन रोड पर्फमेन्सका लागि नयाँ रिभोटर्न १‌.२ पेट्रोल इन्जिन भएको गाडी हो।

नयाँ जमानाको सिटि र इको लगायतका मल्टी ड्राइभ मोडले फ्युल इकोनोमी कायम राखेर उत्कृष्ट ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ। गाडी स्ट्राइकर ब्लू, बेरी रेड,सनब्रस्ट अरेन्ज, एक्सप्रेसो ब्राउन,पर्लसेन्ट ह्वाइट र प्लाटिनम सिल्भरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीका सिओओ राजेशप्रसाद गिरीले  नारायणगढका उपभोक्तालार्इ लक्षित गर्दै टियागो गाडी बिक्री सुरु गरेको बताए ।

उनले नयाँ शोरुम आरबी अटोमोबाइल्सलार्इ डिलरसीप दिन पाउँदा खुशी भएको बताए। टाटा मोटर्सका कन्ट्री म्यानेजर हेमन्त पुरानिकले  टाटाको विशिष्ट उत्पादन टियागोलार्इ नारायणगढका उपभोक्ताले मनपराउने अपेक्षा गरे।

आरबी अटोमोबाइल्सका प्रवन्ध निर्देशक बिमल पौडेलले सिप्रदीसँग सहकार्य गर्न पाउँदा आफु उत्साहित भएको बताए।उनले टाटाको प्यासेन्जर भेहिकल जेस्ट,बोल्ट,स्ट्रोम हुँदै स्पोर्टी ह्याचब्याक टियागोले उपभोक्तालार्इ आकर्षित गर्ने बताए।

Tata
GBIME
Nepal Life