भृकुटीमण्डपमा नेपाल चेम्वर एक्स्पो सुरु, दुईसय २० वटा स्टल, असोज ११ गतेसम्म मेला चल्ने

बिजमाण्डू
२०७३ असोज ७ गते १९:०९ | Sep 23, 2016
भृकुटीमण्डपमा नेपाल चेम्वर एक्स्पो सुरु, दुईसय २० वटा स्टल, असोज ११ गतेसम्म मेला चल्ने

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा शुक्रबार भृकुटीमण्डपमा 'माउन्ट फुजी स्प्रिङ नेपाल चेम्बर एक्स्पो' काठमाडौंमा सुरु भएको छ। नजिकिँदै गरेका चाडवाडलाई लक्षित गरी आयोजना गरिएको एक्स्पोको उपराष्ट्रपति नन्दबहादुर पुनले उदघाटन गरे।
 
असोज ११ गतसम्म चल्ने एक्स्पोमा दैनिक जीवनमा प्रयोग हुने विभिन्न सामाग्रीहरु राखिएका दुईसय २० वटा स्टलहरु रहेका छन्। एक्सपोमा नेपाल, बंगलादेश, पाकिस्तान, जापान लगायतका देशमा उत्पादित सामाग्री राखिएको छ।

Tata
GBIME
Nepal Life

एक्स्पोको उदघाटन गर्दै उपराष्ट्रपति नन्दवहादुपर पुनले देशको विकासका लागि यस्ता एक्सपोले सहयोग गर्ने बताए। उनले नेपाल अब संङ्क्रमणकालबाट बाहिर निस्किएको र अर्थिक विकासको पथमा अगाडि बढ्नु पर्ने बताए।
 
नेपाल र जापानबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा चेक्बरले जापानलाई सहयोगी मुलक राखेर एक्स्पो गरेको हो । एक्सपोमा जापानको प्रशिद्द पानी कम्पनी माउन्ट फुजीको मूख्य प्रायोजन रहेको छ।
 
एक्स्पोमा हस्तकला, कृषि, खाद्य, फर्निचर, पोशाक, निर्माण र छालाजन्य वस्तु तथा अटोमोबाइल र घर सजावटका सामाग्री राखिएका छन् ।
 
जापानीज सामानहरुलई प्रमोसन गर्नका लागि यो एक्सपोले सहयोग पुग्ने चम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए। यो एक्सपोले नेपाल र जापानबीच व्यापारमा सहकार्य हुने र  नेपाली उत्पादनको बजारीकरण गर्ने तथा अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई सहभागी गराई आर्थिक गतिविधी विस्तारमा सहयोगी हुने उनले बताए ।