चालु आर्थिक वर्षको दुर्इ महिनामा चिनियाँ लगानी ८८ करोड ६० लाख रुपैयाँ आयो, धेरै पर्यटन उद्योग

बिजमाण्डू
२०७३ असोज ८ गते ०९:५६ | Sep 24, 2016
काठमाडौं।आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब ४० करोड विदेशी लगानीको प्रतिबद्धता आउँदा चिनियाँ लगानी मात्रै ८८ करोड ६० लाखको प्रतिबद्धता आएको छ।
उद्योग विभागमा आर्थिक वर्ष २०७३/०७४ को पहिलो दुई महिनामा १ सय २० उद्योग दर्ता भएकोमा ४३ वटा चिनियाँ उद्योग दर्ता भएका छन्। ती मध्ये अधिकांश उद्योग पर्यटन छन्। नेपाली लगानी भएका ४८ उद्योग दर्ता हुँदा अन्य देशबाट २९ उद्योग दर्ता भएका छन्। स्वदेशी ४८ उद्योग पुग्दा विदेशी भने ७२ वटा उद्योग दर्ता भएको विभागको तथ्यांकमा छ।
  चिनियाँ लगानीका उद्योग चिनियाँ लगानी प्रतिबद्धता चिनियाँ रोजगारी प्रतिबद्धता अन्य देशको लगानीका उद्योग नेपाली लगानीका उद्योग  कुल लगानी प्रतिबद्धता कुल
रोजगारी प्रतिबद्धता
साउन १९ उद्योग  ५४ करोड २५ लाख ८१३ जना १५ उद्योग २५ उद्योग ४७ अर्ब ३८ करोड २८७८ जना
भदौ २४ उद्योग ३४ करोड ४५ लाख ४२९ जना १४ उद्योग २३ उद्योग १० अर्ब १३ करोड २५६९ जना
जम्मा ४३ उद्योग ८८ करोड ६० लाख १२४२ जना २९ उद्योग ४८ उद्योग ५७ अर्ब ५१ करोड ५४४७ जना

नोटः साउन महिनाको लगानी प्रतिबद्धतामा ४२ अर्बको उर्जा कम्पनी पनि भएकोले लगानी प्रतिबद्धता अस्वाभाविक बढेको देखिएको हो। 
धरै जसो चिनियाँले सानो आकारका पर्यटन उद्योग दर्ता भएका छन्। चिनियाँ लगानीका पर्यटनपछि सेवा र उत्पादनमा लगानी गरेका छन्। २ महिनामा ४० वटा पर्यटन क्षेत्रका उद्योगमा लगानी प्रतिबद्धता आएको छ।

Tata
GBIME
Nepal Life

सेवातर्फ ३७ उद्योग दर्ता हुँदा उत्पादन तर्फ ३१ वटा उद्योग दर्ता भएका छन्। यी मध्ये साना आकारका धेरै उद्योगमा चिनियाँ लगानीको प्रतिबद्धता छ।होटल रेष्टुरेन्ट देखि मोटर कम्पनी सम्ममा चिनियाँ लगानी आएको छ। 

दुई महिनामा विभिन्न देशबाट आएको लगानी प्रतिबद्धता

देश उद्योग संख्या लगानी प्रतिबद्धता रोजगारी प्रतिबद्धता
चीन ४३ उद्योग  ८८ करोड ६० लाख १२४२ जना
भारत २ उद्योग  २ करोड ५५ जना
अमेरिका ५ उद्योग  ७ करोड १० लाख १३४ जना
जापान ५ उद्योग  ८ करोड ६० लाख १७४ जना
कोरिया २ उद्योग  १ करोड १० लाख २९ जना
स्विजरल्याण्ड २ उद्योग  २१ करोड ४६७ जना
नेदरल्याण्ड २ उद्योग  १ करोड २१ जना
बेलायत २ उद्योग  १ करोड २८ जना
अन्य ९ उद्योग  १० करोड १० लाख १८४ जना
जम्मा ७२ उद्योग  १ अर्ब ४० करोड २३७४ जना