साढे दुई खर्वका मालिक आचार्य बालकृष्ण जोसँग २१ वर्ष अघि कम्पनी चलाउन १३ हजार थिएन

बिजमाण्डू
२०७३ असोज ८ गते १०:११ | Sep 24, 2016
साढे दुई खर्वका मालिक आचार्य बालकृष्ण जोसँग २१ वर्ष अघि कम्पनी चलाउन १३ हजार थिएन
सन् १९९५ को एक दिन योगा गुरु बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णलाई लाग्यो अब हामीले गर्ने योगालाई संस्थागत गर्नुपर्छ। उनीहरु त्यसका पतञ्जली नामको संस्था स्थापना गर्न अधिकारीहरु समक्ष पुगे।
 

दुई जनासँग जम्मा जम्मी तीन हजार पाँच सय भारु थियो, तर पतञ्जली दर्ताका लागि अधिकारीहरुले माग १३ हजार भारु। दुवै जनाले पाँच/पाँच हजारका दरले साथीहरुसँग ऋण मागे र संस्था दर्ता गरे पतञ्जली।
 
२१ वर्षपछि उनै बालकृष्ण भारतका सय धनीहरुको सूचीमा धमाकेदार ढंगले प्रवेश गरेका छन्। नेपालको स्याङ्गजामा जन्मिएका बालकृष्ण सानै उमेरमा भारत पुगेका थिए। बाबा रामदेवसँगको साथपछि उनीसँग अहिले साढे दुई अर्व डलर सम्पत्ती छ। यो नेपालको कुल बजेटको झण्डै ३० प्रतिशत रकम हो।
 
भारतमा तिव्र विस्तार भैरहेको पतञ्जली आयुर्वेद लिमिटेडमा बालकृष्णको ९७ प्रतिशत सेयर लगानी छ। यही लगानीले उनलाई अर्वपतिको सूचीमा पुर्याएको हो। जहाँ बालकृष्ण अर्वपतिको सूचीमा प्रवेश गरेका छन त्यहीं अनलाईन सपिङका फिल्पकार्टका संस्थापक सचिन वंशल र विनि वंशल भने सूचीबाट हराएका छन्।
 
विहिवार फव्सले सार्वजनिक गरेको भारतका सय धनीको सूचीमा बालकृष्ण ४८ ‌औं स्थानमा प्रवेश पाएका छन्। गत वर्ष एक अर्व ३० करोड डलर सम्पत्ती सहित सूचीको ८६ औं नम्वरमा रहेका बंसल ब्रदरको सम्पत्ती घटेपछि यो वर्षको सय जनाको सूचीबाट बाहिरिएका छन्। 
 
फिल्पकार्टका संस्थापकहरुले यस विषयमा कुनै प्रतिक्रिया दिन मानेनन्। बालकृष्ण भारतका धनीको सूचमा प्रवेश पाउने छ नयाँ नाममध्ये एक हो। यो सूचीमा सबैभन्दा बढी सम्पत्तीसहित रिलायन्स उद्योगका मालिक मुकेश अम्बानी लगातार नवौं वर्षदेखि सूचीको शीर्षस्थानमा छन्।
 

डेलीमेलले बालकृष्णसँग फिल्पकार्ट जस्ता स्टार्टअपका विषयमा प्रश्न सोधेको थियो। तर उनले स्टार्टअपका विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। उनले भने यो अर्वपतीको सूची के हो मलाई थाहा पनि छैन्।
 
मलाई एउटा कुरा मात्र थाहा छ, हाम्रो जस्तो सेयर बजारमा सूचिकृत नभएको कम्पनी प्रसिद्ध व्यवसायिक पत्रिकाको ग्लोबल र्याकिंगमा परेको छ। म यो कुरा पतञ्जलीका २० करोड उपभोक्तालाई समर्पित गर्न चाहन्छु।
 
पतञ्जली र फिल्पकार्ट दुवै नयाँ व्यापारमा छन् तर काम गर्ने शैली भने पुरै फरक छ। जहाँ फिल्पकार्ट आधुनिक समयको प्रविधि प्रयोग गर्ने कम्पनी हो भने पतञ्जलीले वस्तु उत्पादनका लागि परम्परागत भारतीय ज्ञानलाई प्रयोग गरेको छ।
 
आज हामीले जे हाँसिल गरेका छौं, त्यो कुनै सम्झौताबाट प्राप्त हो। हामीले यसका लागि दुई वटा रणनीति बनाएका छौं, एउटा हो कृषकले सही मूल्य पाउन र उपभोक्ताले सही दाममा उत्पादन, बालकृष्णले भने। 
 
भारतमा सय धनीको सम्पत्ती तीन सय ८१ अर्व डलर(२५ लाख करोड भारु)छ। यो सन् २०१५ को तीन सय ४५ अर्व डलरभन्दा दश प्रतिशतले बढि हो। 
 
पतञ्जलीले वार्षिक पाँच हजार करोड भारुको कारोवार गर्छ उसले अर्को वर्ष यसलाई दोव्वर अर्थात दश हजार करोड पुर्याउने लक्ष्य लिएको छ। बालकृष्ण भन्छन्, पतञ्जली अब साना शहरका किराना पसलमा मात्रै होइन ठूला शहरका मल र शोरुममा पनि चर्चाको विषय बनेको छ।
 
उनले उत्पादनको बढ्दो मागका विषयमा भने, हामी आवश्यकताअनुसार उत्पादन आपूर्ती गर्न सकिरहेका छैनौं, यो वर्ष उत्पादन क्षमता बढाउँछौं। 
 
के अब अर्वपतिको सूचीमा प्रवेश गरेपछि बालकृष्णको जीवनशैली परिवर्तन होला?
पटक्कै हुन्न। म योगी हुँ, साधु हुँ। उनी चप्पल लगाउँछन्, र अधिकांश यात्रा विमानको सट्टा सडकबाट गर्छन्। म यसैगरी जीवन अघि बढाउँछु।
 
भारतीयलाई खुवाएपछि अब बालकृष्ण के गर्छन्। उनले भने अब हामी गाईलाई खुवाउँछौं। 
 
यति बेला भारतमा गौ रक्षकहरु समाचारका हेडलाइन बनिरहेका छन्। त्यसको अर्थ के पतञ्जली पनि राजनीतिक मुद्दामा अघि बढ्दैछ।
 
बालकृष्ण भन्छन्, होइन्। हामी भारतीय गाईको नश्ल सुधार गर्न खोजेका छौं, त्यसले भारतमा डेरीको सम्भावनालाई अघि बढाउनेछ। हामी अब ठूलो मात्रामा गाईभैंसीको दानाको उत्पादनमा लाग्छौं, उनले भने।
 
भारत डेरीका लागि ठूलो सम्भावना भएको बजार हो। यहाँ उत्पादन भए सहजै बजार बनाउन सकिन्छ, बालकृष्णले भने, हामी डेरीका ठूला बहुराष्ट्रिय कम्पनीलाई चुनौती दिन तयार छौं। 
 

पतञ्जलीमा ९७ प्रतिशत सेयर हिस्सा भए पनि बालकृष्णले यसको सबै जस बाबा रामदेवलाई दिए। यो सबै उहाँको भिजन हो। म मात्र प्रमुख कार्यकारी अधिकृत हुँ।
 
कम्पनीमा बाबा रामदेवको कुनै सेयर छैन्, तर उनी कम्पनीका एक मात्र ब्राण्ड एम्बास्डर हुन्। उता बालकृष्ण भने सबै अप्रेसन हेर्छन्। 
 
पतञ्जलीको तत्कालको एजेण्डा हो, वैदिक शिक्षालयको स्थापना। उनले यसमा प्राचिन पाठ्यक्रम र आध्यात्मिकता रहने बताए। उनले ठूलो मात्रामा जडिबुटीको उत्पादन गर्ने योजना पनि सुनाए। 
 
बालकृष्ण भन्छन्, स्वेदेशी ब्राण्डले खाना तथा उपभोक्ताको बजारमा बहुराष्ट्रिय कम्पनीको मुनाफा खोसिदिएको छ। पतञ्जलीले सबै जना विदेशी ब्राण्डको विरुद्ध छन् भन्ने स्थापित गरिदिएको छ।
 

Tata
GBIME
Nepal Life