राजस्व चुहावट किन रोकिएन ?,राजस्व सचिव भन्छन्, दक्षिणको खुल्ला सीमाले चुहावट रोकिएन

बिजमाण्डू
२०७३ असोज ८ गते १०:२१ | Sep 24, 2016
राजस्व चुहावट किन रोकिएन ?,राजस्व सचिव भन्छन्, दक्षिणको खुल्ला सीमाले चुहावट रोकिएन


काठमाडौं। राजस्व सचिव राजन खनालले दक्षिणतर्फ खुला सिमाना र उत्तरतर्फ बैंकिङ कम हुँदा राजस्व चुहावट नियन्त्रण चुनौतिपूर्ण रहेको बताएका छन्।केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको शुक्रबारको बैठकमा उनले यो धारणा राखेका हुन्।

उनले न्यून विजीकरण र चोरी पैठारी नियन्त्रणका लागि सरकारी निकायबीच समन्वयको खाँचो रहेको बताए। अर्थसचिव शान्तराज सुवेदीले नीति ठीक भएपनि राजस्व चुहावट नियन्त्रणमा अपेक्षा अनुरुप नतिजा आउन नसकेको बताए।

Tata
GBIME
Nepal Life

उनले भन्सार विन्दुबाट सिलबन्दी कन्टेनर चलान गर्न र भेहिकल ट्रयाकिङ सिस्टम लागु गर्न निर्देशन दिए।उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संस्थागत करछली र आर्थिक अपराधलार्इ नियन्त्रण गर्न निर्देशन दिए। आर्थिक क्रियाकलाप बढेमा समृद्धि हासिल हुने बताउँदै उनले यसले राजस्व संकलन र विकासको लक्ष्य समेत प्राप्त हुने बताए।