जापानको माउन्ट फुजी स्पिङ वाटर नेपालमा लगानी गर्न र्इच्छुक,सगरमाथाको पानी बिक्रीको लक्ष्य

बिजमाण्डू
२०७३ असोज ८ गते १०:५० | Sep 24, 2016
जापानको माउन्ट फुजी स्पिङ वाटर नेपालमा लगानी गर्न र्इच्छुक,सगरमाथाको पानी बिक्रीको लक्ष्य
काठमाडौं। जापानको मिनरल वाटर उत्पादक 'माउन्ट फुजी स्प्रिङ'ले नेपालमा समेत लगानी गर्ने भएको छ। जापानको प्रसिद्ध हिमचुचुरो माउन्ट फुजीका नामवाट राखिएको यो कम्पनीले नेपालमा पनि मिनरल वाटरमै लगानी गर्न र्इच्छुक देखिएको हो।

यो कम्पनीले चेम्बर अफ कमर्शको आयोजनामा भृकृटीमण्डपमा स्टल समेत राखेको छ।कम्पनीले सगरमाथाको ग्लासियरलाई प्रयोग गरेर पानी उत्पादन गर्ने जनाएको छ। सन् २०२० सम्ममा पानी उत्पादन गरी बजारमा पठाउने लक्ष्य लिएर अनुसन्धानको काम गरिरहेको निर्देशक युसुकी हानाडाले बताए। 'अहिले हाम्रो रिसर्च  टीम नेपालमा छन्, उनीहरुले नेपालको कुन स्थान उपयुक्त रहेको छ भनेर रिसर्च गरिरहेका छन्' हानाडाले भने ' उनीहरुको प्रतिवेदन आएपछि कसरी अगाडि बढ्ने भनेर टुङ्गो लाग्छ।'
जापानमा बोट्ल वाटरमा २० प्रतिशत हिस्सा ओगटेको छ। माउन्ट फुजीमा ३० विलियन टन ग्लासियर एरिया रहेको तथा नेपालको सगरमाथा क्षेत्रमा एकसय ४० विलियन टन ग्लासियर रहेको कम्पनीले जनाएको छ। 'कम्पनीका प्राविधिक टोलीले सडकको सुविधा र लगानीमैत्री भए/नभएको अध्ययन गरिरहेको छ' हानाडाले भने 'उक्त टोलीको सुझावपछि लगानीको फिगर भन्न सकिनेछ।'जापानमा यो कम्पनीले उत्पादन गरेको पानीको मूल्य आधा लिटरको एक सय रुपैयाँ पर्छ। 
 
यस्तो छ विजनेस प्लान
फुजी स्प्रिङले सन् २०१६ को जुलाईदेखि रिसर्चको काम अगाडि बढाएको जनाएको छ। कम्पनीले सेप्टेम्बर सम्ममा नेचुरल ग्लासियर हुने ठाउँमा पानीको स्रोत खोजिसक्ने तथा साइटको सर्भेको काम सक्ने जनाएको छ।  

Tata
GBIME
Nepal Life

सेप्टेम्बरसम्ममा नेपाली पक्षसँग सम्झौंता गरिसक्ने जनाएको छ।सन् २०१७ को जुन महिनासम्म नै कागजी कामहरु सक्ने र उद्योग स्थापना गर्ने कम्पनीले जनाएको छ।कम्पनीले सन् २०१७ को जुलाई महिनादेखी उद्योगको काम थाल्ने र सन् २०१९ को अन्त्यसम्म सवै प्राविधिक कामहरु सकाउने कम्पनीले जनाएको छ। सन् २०२० को  मध्यवाट पानी उत्पादन गरेर बिक्री वितरण गर्ने कम्पनीले जनाएको छ।