भैरहवामा विमानस्थलमा यति एयरलाइन्सको विमान चिप्लियो, ब्रेक लागेन, सबै यात्रु सकुशल

बिजमाण्डू
२०७३ असोज ८ गते १८:१८ | Sep 24, 2016
भैरहवामा विमानस्थलमा यति एयरलाइन्सको विमान चिप्लियो, ब्रेक लागेन, सबै यात्रु सकुशल

काठमाडौं । भैरहवा विमान स्थलमा अवतरण गर्दा यति एयरलाइन्सको विमान चिप्लिएर रनवे वाहिर पुगेको छ। ब्रेक नलाग्दा विमान रनवेबाट बाहिर पुगेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डिएसपी बेल पाण्डेले जानकारी दिए।
 
 

Tata
GBIME
Nepal Life

विमान रनवे बाहिर पुगेपनि कुनै मानवीय क्षति नभएको उनले बताए । कसैलाई घाउचोट पनि लागेको छैन, उनले भने, विमानमा पनि क्षति पुगेको छैन ।विमान काठमाडौंबाट भैरहवा गएको थियो।

कल साइन नाइन एन भएको यो विमान काठमाडौबाट सवा चार बजे भैरहवाका लागि उडेको थियो । करिव पौने पाँच बजे विमान अवतरण गर्न लाग्दा चिप्लिएर घाँसे मैदानमा पुगेको हो । विमानमा २९ जना यात्रु र तीन जना चालक दलका सदस्य थिए । 
तस्विर : चेतन पाण्डेको फेसबुकबाट।