वायुसेवा निगमले दुईवटा वाइडवडी थप गर्ने, लागत २५ अर्ब, बजारहिस्सा १६ प्रतिशत पुर्याउने लक्ष

बिजमाण्डू
२०७३ असोज ९ गते १८:४७ | Sep 25, 2016
वायुसेवा निगमले दुईवटा वाइडवडी थप गर्ने, लागत २५ अर्ब, बजारहिस्सा १६ प्रतिशत पुर्याउने लक्ष
काठमाडौं। नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी जहाज थप गर्ने निर्णय गरेको छ। शनिवार बसेको निगम संचालक समिति बैठकले जहाज थप गर्ने निर्णय गरेको हो ।  

Tata
GBIME
Nepal Life
जहाज खरिदको आवश्यक ऋणका लागि पर्यटनमन्त्री स्तरीय बैठकले सरकार ग्यारेन्टी बस्ने निर्णय गरेपछि जहाज खरिदको प्रक्रिया अगाडि बढेको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए। 
 
दुईवटा वाइड बढी एयरबस जहाज खरिद गर्नको लागि करिब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान निगमले गरेको छ । वाइड बढी जहाजमा दुईसय ६० देखि दुईसय ८० वटा सिट क्षमता हुन्छ ।
 
‘शनिवार बसेको संचालक समितिले एयरबसको दुई ओटा वाइड वडी खरिद गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ, प्रबन्ध निर्देशक कंसाकारले भने 'सोमवारसम्ममा ग्लोबल टेण्डर प्रकाशित गर्ने र एक बर्षभित्रमा जहाज नेपाल ल्याइसक्ने गरी प्रक्रिया अगाडि बढाएका छौं।'
 
निगमले दुईवटा वाइड्वडी ए ३३०-२०० खरिद गर्न ४५ दिनको म्याद दिई बोलपत्र आव्हान गर्ने जनाएको छ। सोमवारबाट लागु हुने गरी ४५ दिन भित्रमा प्रस्तुत गर्न ग्लोबल टेण्डर आह्वान गर्ने जनाइएको छ।
 
निगमको तीनवर्षे व्यावसायिक कार्ययोजनामा समावेश कार्यक्रमको सफल कार्यान्वयनका लागि व्यवस्थापकीय पुनःसंरचना, वाइडवडी जहाज संचालन गर्न आवश्यक पाइलट तथा इन्जिनियरहरुको व्यवस्थापनका लागि ठोस प्रस्ताव पेश गर्न सञ्चालक समितिले निगम व्यव्थापनलाई निर्देशन दिएको छ। 
 
त्यस्तै आन्तरिक सुदृढीकरण र पूर्वाधार विकासका लागि विशेष कार्ययोजना सहित सरकारका तर्फबाट आवश्यक सहयोगका लागि ठोस प्रस्ताव तयार गर्ने पनि निर्देशन दिएको छ।
 
उडान सुरक्षालाई ध्यानमा राखी खरीदका लागि स्वीकृत वाइडवडी विमानमा रोल्स र्यावायस ट्रेन्ट ७७२ वी इन्जीन हुनुपर्ने प्रावधान राखिएको छ।
 
निगमले अहिले एयरबस कम्पनीका २ वटा न्यारो वडी विमान र एउटा बोइङ ७५७ वाट ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान संचालन गरिरहेको छ । वाइड वडी विमान सेवामा ल्याएपछि लामो दूरीका गन्तव्यका साथै थप क्षेत्रमा उडान गर्न सकिनेछ । 
 
एयरबस ३२०-२०० न्यारोवडी सेवामा लगाए पछि निगमको बजारअंश पाँच प्रतिशतबाट बढेर १० प्रतिशतमा पुर्याइएको जनाएको छ । थप दुईवटा वाइडवडी सेवामा लगाएपछि बजार हिस्सा १६ प्रतिशत पुग्ने निगमले जनाएको छ।