सेयर रिभर्स मोडमा, साढे २६ अंकको उछाल, एभरेष्ट बैंकको बम्पर लाभांस चर्चाले कारोबार बृद्धि

बिजमाण्डू
२०७३ असोज १० गते १५:१० | Sep 26, 2016
सेयर रिभर्स मोडमा, साढे २६ अंकको उछाल, एभरेष्ट बैंकको बम्पर लाभांस चर्चाले कारोबार बृद्धि


काठमाडौं । हिजो ३६ अंकले झरेको सेयर बजार भोली पल्टै साढे २६ अंकले रिभर्स भएको छ । बजार १७५७ अंकमा पुगेर बन्द भएको छ । बजारमा १३२ कम्पनीको एक अर्ब सात करोड रुपैयाँको किनबेच भएको छ ।

Tata
GBIME
Nepal Life

सबै उपसुचकहरु हरियो भएका छन् । बैकिङ ३१.७६, होटल ५४ अंक, विकास बैंक १८, जलविद्युत २१.७३, फाइनान्स ८ अंक. बिमा ८७ र अन्य साढे नौं अंकले बढेको छ ।

सबैभन्दा वढि ङादी ग्रुप पावरको ९.९३ अंकले बढेको छ । राप्तिभेरी विकास, आइएलएफसिओ माइक्रोफाइनान्स, एभरेष्ट कन्भर्टेवल प्रिफरेन्स र नेरुडे लघुवित्तको सेयर मूल्य पनि धेरै वढेको छ ।

बजार बढ्दासमेत पोखरा फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, नमस्ते वित्तीय संस्थाको सेयर मूल्य झरेको छ ।

बम्पर लाभांस घोषणाको चर्चाले एभरेष्टको २२ करोड ७७ लाख रुपैयाँको किनबेच भएको छ । एनबी बैंकको १० करोड ४७ लाखको सेयर कारोबार भएको छ ।