माछापुच्छ्रे बैंकमा ‘मुस्कानसहितको सेवा’, कार्ड र लकरमा छुट, डिस्काउन्ट कुपन पनि दिने

बिजमाण्डू
२०७३ असोज १० गते १७:३७ | Sep 26, 2016
माछापुच्छ्रे बैंकमा ‘मुस्कानसहितको सेवा’, कार्ड र लकरमा छुट,  डिस्काउन्ट कुपन पनि दिने

काठमाडौं । माछापुच्छ्रे बैंकले सञ्चालनको १७ बर्ष प्रवेशको अवशरमा महिनाभरी नै महोत्सव मनाउने भएको छ ।

Tata
GBIME
Nepal Life

बैंकले सबै शाखाहरुबाट मुस्कासनसहितको बैंकिङ सेवा दिने छ । ग्राहकलाई डेबिट तथा क्रेडिट कार्ड, मोवाइल बैंकिङ, लकरमा छुट दिने ब्यवस्था गरेको छ ।

महोत्सवमा सहभागी हुने ग्राहकलाई डिस्काउन्ट कुपन पनि उपलब्ध गराइने छ । २०५७ सालदेखि पोखराबाट बैंकिङ कारोबार सुरु गरेको बैंकसँग अहिले ५६ शाखा, एक एक्सटेन्सन काउन्टर र ७२ एटिएम छन् । बैंकका चार लाख ग्राहक छन् ।