जेडटिइको ब्लेड एस सेभेन नेपाली बजारमा, फ्रन्ट/रियर १३ मेगापिक्सल क्यामेरा, दशैंमा दुई हजार छुट

बिजमाण्डू
२०७३ असोज १० गते १७:५३ | Sep 26, 2016
जेडटिइको ब्लेड एस सेभेन नेपाली बजारमा, फ्रन्ट/रियर १३ मेगापिक्सल क्यामेरा, दशैंमा दुई हजार छुट
काठमाडौं । जेडटिईले प्रिमियम मिडरेन्ज स्मार्टफोनको रुपमा जेडटिई ब्लेड एस सेभेन नेपाली बजारमा ल्याएको छ । जेडटिई स्मार्टफोनको नेपालका लागि अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेजले आइतबारदेखि दशैं क्यास ब्याक अफरसहित स्मार्टफोन सार्वजनिक गरेको हो।
आकर्षक फिचरहरुले सजिएको ब्लेड एस सेभेनको मूल्य २६ हजार पाँच सय रुपैयाँ रहेको छ । जेडटिई ब्लेड एस सेभेनको खरिदमा दुई हजार रुपैयाँ  क्यास ब्याक अफर रहेको छ । यस अफर अन्तर्गत ग्राहकले दशैं अवधिभर यस स्मार्टफोनलाई २४ हजार पाँच सय रुपैयाँमा खरीद गर्न पाउने कम्पनीले जानकारी दिएको छ।
 
स्मार्टफोनमा पाँच इन्च को फूल एचडी डिस्प्ले (१०८०×१९२० पिक्सेल रेजोलुशन) रहेको छ । चार सय ४१ पिक्सेल डेन्सिटी रहेको फोनको पिक्चर गुणस्तर निकै आकर्षक रहेको कम्पनीले दाबी गरेको छ ।
 
अधिकांश स्मार्टफोनमा अघिल्लो भागमा मात्र सुरक्षा ग्लास हुन्छ । तर यसमा अगाडि र पछाडि कोर्निङ गोरिल्ला ग्लास थ्री को सुरक्षा छ । ब्लेड एस सेभेनको फ्रण्ट र रियर दुवैमा १३/१३ मेगापिक्सलका क्यामरा प्रयोग गरिएको छ । एलइडी फ्लाससहित १३ मेगापिक्सलको फ्रन्ट क्यामेरा भएकाले प्रयोगकर्ताले आकर्षक र नेचुरल सेल्फी फोटोको मज्जा लिन पाउने कम्पनीले दाबी गरेको छ ।
 
यस स्मार्टफोनको रियर क्यामरामा एप्पलको आइफोनमा जस्तै लेजर अटो फोकसको प्रयोग गरिएको छ । यस लेजर अटोफोकसको मद्दतले फोटो जुम गर्दा क्यामेरा स्टेबल हुनुका साथै क्लियर फोटो आउने कम्पनीले जानकारी दिएको छ । 
 
क्यामेराका अन्य फिचरहरुमा जिओ ट्यागिङ, फेस डिटेक्सन, एचडिआर र पानोरोमा रहेका छन् । स्मार्टफोनमा तीन जिबी र्या्म छ भने ३२ जिबीसम्मको इन्टर्नल स्टोरेज रहेको छ । एसडी कार्डको प्रयोग गरेर १२८ जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिनेछ । 
 
एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टमबाट सञ्चालित यस फोनमा अक्टा कोर १.५ गिगाहर्ज स्नाप्ड्रागन ६१५ प्रोसेसर रहेको कम्पनीले जानकारी दिएको छ । यस मोबाइलमा झिक्न नमिल्ने दुई हजार पाँच सय एमएएच क्षमताको ब्याट्री प्रयोग भएको छ ।

Tata
GBIME
Nepal Life