वाहिर विरलै निस्कने एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले सामाजिक कामको उद्घाटन गरे

बिजमाण्डू
२०७३ असोज १० गते १७:५८ | Sep 26, 2016


काठमाडौं । सार्वजनिक कार्यक्रमहरुमा विरलै झुल्किने एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले सोमबार एक कार्यक्रमको उद्घाटन गरे ।

Tata
GBIME
Nepal Life

रत्न राज्य माध्यमिक विद्यालय वानेश्वरलाई एभरेष्ट बैंकले उपलब्ध गराएको शुद्ध पीउने पानी सेवा हस्तान्तरण गर्न उनी देखिएका हुन् ।

पुर्वमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंह र बिके श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । बैंकले सामाजिक दायित्व पुरा गर्न उद्देश्यमले पिउने पानी हस्तान्तरण गरेको हो ।