मर्चेन्ट बैंकर्स संघमा पुरानै कार्यसमिति दोहोरियो, अध्यक्षमा पराजुली, दुई बर्ष कार्यकाल

बिजमाण्डू
२०७३ असोज १० गते १८:१८ | Sep 26, 2016

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका  प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीसहित पुरानै कार्यसमिति सर्वसम्मतिले फेरी निर्वाचित भएको छ ।

Tata
GBIME
Nepal Life

संघको सातो बार्षिक साधारणसभाले आगामी दुई बर्षे कार्यकालका लागि साधारणसभा भन्दा अघि कायम कार्यसमितिलाई फेरी निर्वाचित गरेको हो । उपाध्यक्षमा नागरिक लगानी कोक्षका उप व्यवस्थापक रोशनजङ्ग कार्की, महासचिवमा एनआइबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेखवहादुर थापा चयन भएका छन् ।

एनसिएम मर्चेन्ट बैंकिङका प्रबन्धक निर्देशक विजयलाल श्रेष्ठ कोषाध्यक्षमा चयन भएका छन् । सदस्यहरुमा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल र नेशनल मर्चेन्ट बैंकरका प्रबन्धक निर्देशक नबिन बास्कोटा निर्वाचित भएका छन् ।