सानिमा क्यापिटलले कारोबार सुरु गर्यो, १५ करोड चुक्ता पुँजी, अब यी काम गर्ने छ कम्पनीले

बिजमाण्डू
२०७३ असोज १० गते १८:३३ | Sep 26, 2016

Tata
GBIME
Nepal Life

काठमाडौं । सानिमा बैंकको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडले सोमबारबाट कारोबार थालेको छ ।

कम्पनीको उद्घाटन नेपाल धितोपत्र वोर्डका अध्यक्ष रेवतवहादुर कार्की र बैंकका ब्रान्ड एम्वास्डर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका छन् ।

कम्पनीले सामूहिक लगानी कोषको योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको पनि काम थाल्ने छ ।
 
सानिमा क्यापटिलको अधिकृत पुँजी  १५ करोड र चुक्ता पुँजी ११ करोड रुपैयाँ छ । चुक्ता पुँजी बढाएर १५ करोड पुर्याधउने तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समिति अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल छन् ।

सञ्चालकहरुमा तेजवहादुर चन्द, निष्चलराज पाण्डे, सरोज गुरगाई र श्रीप्रसाद पौडेल छन् । प्रमुख कार्यकारी अधिकृतमा मनिषनारायण जोशी छन् ।