क्यास्पर्सर्की एन्टिभाइसरको नयाँ संस्करण २०१७ सार्वजनिक, खरिदमा ५० प्रतिशतसम्म छुट

बिजमाण्डू
२०७३ असोज १० गते १८:४३ | Sep 26, 2016
काठमाडौं। चर्चित एन्टिभाइरस कम्पनी क्यास्पर्सर्कीले नेपालमा नयाँ संस्करणको २०१७ एन्टिभाइसर सार्वजनिक गरेको छ। नेपालको बहुमत एन्टिभाइसर बजार हिस्सा रहेको यो एन्टिभाइसरलाई सागर टेक्नोलिङ्कले सोमवार एक कार्यक्रम गरी सार्वजनिक गरेको हो। 
एन्टिभाइसरलाई क्यास्पर्सकी ल्याब दक्षिण एसियाका प्रवन्ध निर्देशक अल्ताफ हल्दीले सार्वजनकि गरे। 
 
नेपाल डिजिटल संसारमा धेरै अगाडी बढिरहेको भन्दै हल्दीले ल्याबको तर्फवाट प्रयोगकर्ताहरुका लागि महत्वपूर्ण सम्पूर्ण डिजिटल सम्पत्तिहरुलाई ह्याकर, मालवेयर डेभलपर लगायत साइबर अपराधिहरुवाट सुरक्षित राख्नका लागि यो भर्सनको एन्टिभाइसर निकै उपयोगि रहेको वताए।
 
यो एन्टिभाइसर सफ्टवेयरको कर्पोरेट भर्सन नेपालका विभिन्न सरकारी कार्यालय तथा बैंकहरुले प्रयोग गर्दै आएका छन्।
कम्पनीले यसपाली एन्टिभाइरसको मूल्यसमेत घटाएको छ। तीनवटा डिभाइसमा प्रयोग गर्न मिल्ने थ्रि युजरको मूल्य दुई हजारवाट घटाएर १७ सय ५० रुपैयाँ राखेको छ भने एक हजार पर्ने इन्टरनेट सेक्युरिटीको मूल्य एक हजारवाट घटाएर ८ सय ७५ रुपैयाँ तोकेको छ। त्यस्तै इन्टरनेट सेक्युरिटीको मूल्यमा पनि ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीले नर्मल एन्टिभाइरसको मूल्य घटाएर पाँचसय रुपैयाँ तोकेको छ।
 
एक डिभाइस र तीन डिभाइसमा प्रयोग गर्न मिल्ने नयाँ प्रोडक्टहरु एकै पटक धेरै सङ्ख्यामा खरिद गर्नेका लागि अझ छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life