बदनाम पप्पु कन्सट्रक्सनले वीरगंज पथलैया व्यापारिक मार्गको काम थाल्यो, दुई बर्षमा सकिएला?

बिजमाण्डू
२०७३ असोज ११ गते ०७:१५ | Sep 27, 2016
बदनाम पप्पु कन्सट्रक्सनले वीरगंज पथलैया व्यापारिक मार्गको काम थाल्यो, दुई बर्षमा सकिएला?
वीरगन्ज। मुलुककै मुख्य व्यापारिक मार्ग वीरगंज –पथलैया सडकखण्डको विस्तार  कार्य शुरु भएको छ । दुई वर्षभित्रै ६ लेन सडक विस्तार गर्ने उदेश्यका साथ सडक विस्तार कार्य सुरु भएको हो ।

ड्राईपोर्ट–परवानीपुर सडकको तीन प्याकेज मध्ये दुई प्याकेजको सडक विस्तार कार्यमा साझेदारको रुपमा रहेको पप्पु कन्सट्रक्सनले दुई साता देखि काम शुरु गरेको कम्पनीका इन्जिनियर ओमप्रकाश साहले बताए । पप्पु र एएमआर कन्टेकले परवानीपुर चोक देखि पश्चिम गण्डक नहरको चोक सम्म करिब ४ किलोमिटर लम्बाईको प्याकेज ५२ करोड र हरपतगंज चोक देखि ड्राईपोर्ट सम्म  लम्बिनी÷पप्पु जेभीले  पौने चार किलोमिटर लम्बाईको अर्को प्याकेज ४८ करोड रुपैयामा काम गर्न ठेक्का पाएका थिए ।
 नेपालको विभिन्न जिल्लामा पप्पुले थुप्रै योजनाहरु अधुरो राखेको शुरुमै आलोचना भएपछि सबै ठेकेदार भन्दा पहिले नै कम्पनीले काम शुरु गरेको हो।
सो कम्पनीले  एक प्रोजेक्ट म्यानेजर ,एक जना कन्ट्रयाक्ट म्यानेजर , दुई सुपरभाईजर, चार जना इन्जिनियर र कामदार काममा खटाइसकेको उनले बताए। दुवै छेउतिर माटो खन्ने ,बराबर गर्ने र १२ वटा कल्भर्ट निर्माणको काम शुरु भइसकेको साहले बताए  ।दसैपछि सडक निर्माणको काम द्रुतगतिमा अघि बढाइने उनले बताए।
  
 भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कार्यको लागी गत आर्थिक वर्षमा साढे ५ अर्व रुपैयाँ विनियोजन गरेको थियो । ठेकेदार कम्पनीले २८ देखि ३४ प्रतिशत कममा आर्थात साढे तीन अर्र्बमा ठेक्का सकार गरेका छन् ।योजनाबाट बचेको २ अर्व रुपैयाँ बाट  परवानीपुर –गण्डक,बसपार्क–वीरगंज भन्सार सडकखण्डलाई चार लेनमा विस्तार गर्ने मन्त्रालयको योजना रहेको छ।
 
दोस्रो भाग पथलैया–परवानीपुर सडकखण्डमा पहिलो खण्डको काम एएमआर कन्टेकले ५९करोडमा ,दास्रो खण्डको काम यूनाईटेड÷ डिवा निर्माण कम्पनीले ७६ करोडमा र तेस्रो खण्डको काम एएमआर कन्टेकले ६७ करोडमा ठेक्का लिएका छन् ।तर हाल सम्म ती ठेकेदारहरु काम शुरु नगरेको व्यापारिक मार्ग विस्तार योजना वीरगन्ज–पथलैया कार्यालयका प्रमुख रवीन्द्रलाल दासले बताए । 
 

Tata
GBIME
Nepal Life