.jpg)
काठमाडौं । तीन वटा उपसुचक ओर्लिए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचकमा भने दोहोरो अंकको सुधार आएको छ । सोह्र श्राद्धभरी निरन्तर घटिरहेको बजार नौरथा लागेपछि साढे १० अंकले बढेको हो ।
बजारमा ८८ करोड ७० लाख रुपैयाँको किनबेच भएको छ । दिनभरीमा १३५ कम्पनीका सेयर किनबेच भएका छन् ।
खासगरी बिमा सुचक २३७ अंकले उक्लिएपछि बजार उकालो लागेको हो । बैंकिङ ५.२२, अन्य ६.३६ र फाइनान्स एक अंकभन्दा पनि निकै कमले बढेको छ ।
आइतबार होटल साढे आठ, जलविद्युत साढे १३ र विकास बैक एक अंकभन्दा कमले झरेको छ ।
बजारमा शिखर इन्स्योरेन्सको ११ करोड ६७ लाख रुपैयाँको किनबेच भएको छ । यसपछि सनराइज बैंकको साढे नौं करोड र एनबी बैंकको नौं करोडको किनबेच भएको छ ।
बैंक अफ काठमाण्डू लुम्बिनी, ज्योति विकास बैंक र कुमारी बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ । निर्धन उत्थानको १० प्रतिशत हाराहारी सेयर मूल्य झरेको छ ।








