६० प्रतिशत वोनस सेयरले शिखरको कारोबार उचालियो, सुचक १८०० अंक नजिक, कारोबार रकममा सुधार



बिजमाण्डू
२०७३ असोज १८ गते १५:१५ | Oct 4, 2016
काठमाडौं । सेयर बजार १८ अंकले बढेर १८०० अंक नजिक पुगेको छ । कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । दिनभरीमा १२७ कम्पनीको एक अर्ब १२ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Tata
GBIME
Nepal Life

६० प्रतिशत वोनस सेयरको प्रभाव शिखर इन्स्योरेन्सको सेयरमा देखिएको छ । कम्पनीको २० करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिखरको मूल्य पनि बढेको छ ।

शिखरपछि एनबी बैंकको १७ करोड १७ लाखको किनबेच भएको छ । एभरेष्ट बैंकको ९ करोड ६२ लाख रुपैयाँको किनबेच भएको छ ।

बढि कमाउनेमा भने बैंक अफ काठमाण्डू लुम्बिनी, कुमारी बैंक, प्रभु बैंक र ज्योती विकास बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ। सानिमा माइको सेयर मूल्य पनि नौं प्रतिशतले बढेको छ ।

बजार १८ अंकले बढेपनि फाइनान्स र अन्य समूह घटेको छ । फाइनान्स दुई र अन्य साढे पाँच अंकले घटेको छ ।

बिमा २३२, बाणिज्य बैंक १७, होटल ५४, विकास बैंक करिव ८ र जलविद्युत साढे २२ अंकले बढेको छ ।

बजार बढ्दासमेत वढि गुमाउनेमा महिला सहयात्रा, लुम्बिनी फाइनान्सलगायतका सेयरधनी छन् ।