माछापुच्छ्रे बैंकको सिइओमा निरज श्रेष्ठ नियुक्त, चार बर्षलाई कार्यकाल तोकियो, २७ बर्षको बैंकिङ

बिजमाण्डू
२०७३ असोज १८ गते २०:३४ | Oct 4, 2016
माछापुच्छ्रे बैंकको सिइओमा निरज श्रेष्ठ नियुक्त, चार बर्षलाई कार्यकाल तोकियो, २७ बर्षको बैंकिङ
काठमाडौँ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन्। नेपालका कमर्सियल बैंकहरुको सिइओ क्लवमा उनी कान्छो सदस्य बनेका हुन्। 
सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी चार बर्षका लागि नियुक्त गरेको हो। श्रेष्ठले दशैं पछिबाट बैंक सम्हाल्नेछन्। उनले असोज २८ गतेबाट लागु हुने गरि नियुक्ति पाएका हुन्। 
 
यसअघि चार बर्ष सिइओ रहेको तुलसीराम गौतम गत साता विदामा बसेका थिए। सञ्चालक समितिले कार्यकाल नथप्ने जनाउ दिए पछि उनी एक महिना पदावधी छँदै विदामा बसेका थिए। 
 
तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठले केहि समय अघि ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएका थिए। उनी २०७१ सालको भदौमा एनआईसी एसिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आईएमइ गएका थिए।
 
करियरको सुरुवातमा १३ बर्ष ग्रिनलेजमा काम गरेका श्रेष्ठले त्यसपछि तात्कालिन एस फाइनान्स (हाल एस डेभलपमेन्ट बैंक) को व्यवस्थापन प्रमुखको जिम्मेवारी सम्हालेका थिए। एनआइसी र एनआइसी एसियामा सेकेन्ड म्यानको रुपमा नौ बर्ष बिताएका थिए। ग्लोबल आईएमइ जानु अघि उनी एनआइसी एसिया बैंकमा बिजेनेश बैंकिङ हेर्ने गरि महाप्रबन्धक थिए।
 

Tata
GBIME
Nepal Life