सोल्टीका जिएम उप्पल: भूकम्पको ‘सक’बाट यसरी गराए बिजनेशलाई युटर्न

बिजमाण्डू
२०७३ असोज २० गते ०९:५७ | Oct 6, 2016
सोल्टीका जिएम उप्पल:  भूकम्पको ‘सक’बाट यसरी गराए बिजनेशलाई युटर्न
वैशाख २०७२ को भयानक भुकम्प। भुकम्पका परकम्पनले काठमाडौंमा झड्का दिंदै गर्दा साउनमा उप्पल मजुमदार होटल सोल्टीको महाप्रवन्धकमा नियुक्त भएका थिए। 


 
उप्पल, ५० वर्ष पुरानो होटल सोल्टीमा भुकम्पको झट्कालाई पार लगाउनका लागि सम्भावनाहरु खोज्दै थिए। तर देशमा फेरी आयो नाकावन्दीका रुपमा अर्को ठूलो 'भुकम्प'। र त्यसले देशलाई अर्को छ महिनाभन्दा लामो समय हल्लायो। 
 
सन् २०१४ मा ८५ प्रतिशसम्म अकुपेन्सी पुगेको सोल्टीको  भुकम्प र नाकाबन्दीका कारण ३० देखि ३५ प्रतिशतसम्म झर्यो। उप्पल ठीक एक वर्ष अघि १ अक्टोवरको दिन सम्झँदै भन्छन्, एउटा रुमका लागि साढे चार वा पाँच हजार नेपाली रुपैयाँ पाए हामी निक्कै खुशी हुन्थ्यौं।
 
अकुपेन्सी नराम्रोसँग खस्किएको थियो, रुम रेट पुरै क्रयास भएको थियो र अत्यावश्यक वस्तुको सहज आपूर्ति नहुँदा सेवा पूरै प्रभावित थियो। त्यसको असर फुड एण्ड वेभरेजमा पनि थियो। दशैं र तिहार जस्ता पर्वमा पनि कोही सेलेब्रेसनको मुडमा थिएनन्। 
 
०००
 
१ अक्टोवर २०१६। उप्पल बिजमाण्डू टीमसँग पछिल्लो डेढ वर्षको समिक्षा गर्दै थिए। उनले भने,  आजका दिनमा अकुपेन्सी लोअर इन्डमा ५० र हायर इन्डमा ६० प्रतिशत पुगेको छ। गत वर्षको तुलनामा अहिले रुम रेट ३० देखि ३५ प्रतिशत बढेको छ। र फुड एण्ड वेभरेजको मेन्यु १५ देखि २० प्रतिशतसम्म बढेको छ।
 
वितेको डेढ वर्षको अफ्ठ्यारोबीच होटलमा ३८ वटा कोठासहित एउटा पुरै फ्लोर मेन्टेनेन्स गरिएको छ। नयाँ स्वीमिङ पुल बनेको छ। पिल्लरविहिन सबैभन्दा ठूलो बैंङक्वेट भेन्यु तयार भएको छ। अझ होटल सोल्टी सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने कम्पनीका रुपमा स्थापित भएको छ। 
 
बितेको डेढ वर्षमा सोल्टीका जिएम उप्पलले अफ्ठ्यारोसँग लड्न के त्यस्तो रणनीति तयार गरे?, अभाव र दु:खका बीच के त्यस्तो काम गरे?  उनले के त्यस्तो जादू गरे जसले होटलको बिजनेशमा युटर्न भयो?
 
 
०००
 
उप्पलले धेरै अप्याखकरोमा सोल्टी ज्वाइन गरेका थिए। भुकम्पका कारण मान्छेले कमजोर महसुस गरेका थिए। बिजनेसको सेन्टिमेन्ट डाउन थियो। उप्पल भन्छन्, हामीले एक साथ धेरै फ्रन्टमा काम गर्नुपर्ने दवाव थियो। 
 
तर उनले त्यसका लागि चार वटा क्षेत्र रोजे। 
 
पहिलो थियो सबैको कन्फिडेन्स रिभाइभ गर्ने। उनले भने, हाम्रो आफ्नै कन्फिडेन्स पनि व्याकमा ल्याउनु पर्ने थियो। उनले 'टिम बिल्डिङ'मा काम गरे। 
 
होटलमा काम गर्ने कर्मचारीले पनि त्यतिवेला सहज महसुस गरेका थिएनन्। कर्मचारी होटलमा सुरक्षित थिए, तर उनीहरुको परिवार घरमा वा बाहिर जाँदा सुरक्षित छ? यो प्रश्न सबैको मनमा थियो। 
 
त्यसका लागि सोल्टीको व्यवस्थापनले कर्मचारीसँग 'खुला' संवादहरु गर्न थाल्यो। कर्मचारीको  'केयरिङ' गर्न थाल्यो। अर्गनाइजेशनको टप मान्छेले नै यसरी खुला कुराकानी गर्न थालेपछि कर्मचारीमा आत्मविश्वास देखिन थाल्यो। उनीहरु सहज हुन थाले। 
 
कर्मचारीको आत्मविश्वास बढाएर मात्रै पनि भएन। किनकि होटल सञ्चालन गर्नका लागि बिजनेश चाहिन्थ्यो। उप्पल भन्छन्, हाम्रा उपभोक्ता, ग्राहक र विश्वलाई सन्देश दिनुपर्ने थियो,     'सोल्टी इज अ भेरी सेफ होटल'।
 
भुकम्पले काठमाडौंका होटल, स्विमिङ पुल भत्किएका तस्वीर र भिडियो युट्युव र फेसबुकमा भाइरल भैरहेका थिए। होटलहरु चर्किएका थिए। जुन होटल बस्नका लागि सुरक्षित छन्, त्यसका लागि सरकारले 'ग्रिन स्टिकर' दिनुपर्दथ्यो। 
 
तर त्यो स्टिकर कहिले पाउने?
 
सोल्टी मल्टी नेशनल चेन इन्टर कन्टिनेन्टल होटल ग्रुप (आइएचजी)को व्यवस्थापनमा छ। आईएचजीको आफ्नै रिस्क र सेफ्टी एसेस्मेन्ट टिम छ। आइएचजीको टिम भुकम्प लगत्तै नेपाल आएर काम गर्यो। उनीहरुले होटलको सबै कुरा जाँच गरे। होटल सुरक्षित छ भन्ने क्लियर सिग्नल दिए।
 
सोल्टीले यो सूचना आफ्ना उपभोक्ता र ग्राहकलाई दियो। उप्पल भन्छन्, ग्राहक र उपभोक्ताले  अन्तिममा तपाईलाई विश्वास गर्ने भनेको 'वर्ड अफ द माउथ' हो। उप्पल आफैले धेरै मान्छेसँग व्यक्तिगत रुपमा भेटे। भेट्दा पहिलो प्रश्न सोध्थे। तपाईले आराम महसुस गर्नुभएको छ?
 
होटल सोल्टीका लागि तेस्रो र सबैभन्दा ठूलो चुनौती भनेको ठूला र महत्वपूर्ण ग्राहकलाई होटलमा फर्काउनु थियो। ती होटल सोल्टीका सिधा ग्राहक त होइनन् तर सोल्टीमा ग्राहक आउने माध्यम हुन्। त्यसका लागि उप्पलले ट्राभल र ट्रेड पाटर्नर छाने।
 
यो अवधिमा होटलको रेनोभेट पनि गर्ने निर्णय व्यवस्थापनको आग्रहमा लगानीकर्ताको समूहले  लियो। हरेक होटलको फ्लोर केही वर्षको अन्तरमा नियमित रेनोभेट गर्नुपर्छ। होटल व्यस्त रहँदा यस्ता नियमित रेनोभेट भए त्यसले बिजनेशमा असर पर्छ। 
 
तर भुकम्पका कारण कम अकुपेन्सी भएको बेला सोल्टीको एउटा फ्लोर रेनोभेट भएको थियो।  सिजन सुरु हुनुभन्दा अघि १८ सेप्टेम्वरमा सोल्टीसँग रेनोभेट भएको ३८ रुमको एउटा नयाँ फ्लोर तयार थियो। त्यही बेला होटल सोल्टीले पिलरलेस एउटा ठूलो बैंकेट भेन्यु तयार गर्यौं। र ब्रान्ड न्यु स्वीमिङ पुल पनि। 
 
यति धेरै लगानी, यति ठूलो मेहनतपछि होटल सोल्टी आफ्नो लयमा फर्कने तयारी गर्दै थियो। तर भयो नसोंचेको कुरा। देशमा सुरु भयो 'ब्लकेड'।                 
०००
 
फेरी अफ्ठ्यारोमा पर्यो, होटल सोल्टीको व्यवस्थापन। उप्पल भन्छन्, अफ्ठ्यारोबाट निस्कनका लागि हामीले फेरी तीन वटा रणनीतिमा काम गर्यौं। 
 
उनी भन्छन, मेरा लागि सबैभन्दा महत्वपूर्ण मेरा कर्मचारी हुन्। उनले भने, हामीले छलफल गर्यौं र टीमका रुपमा काम गर्यौं। हामीले साथमा मिलेर के काम गर्न सक्छौं भन्ने रणनीति तयार गर्यौं। आम्दानी तल झरेको थियो। त्यसकारण उनीहरुले खर्च कम गर्ने रणनीति बनाए, कसरी बढी बिजनेश ल्याउन सकिन्छ भनेर छलफल गरे। 
 
ब्लकेड हुँदा व्यवस्थापन र कर्मचारीले हरेक १५ दिनमा संयुक्त बैठक गर्थे र समिक्षा गर्थे। यसले होटलमा सेवाको स्तर बढ्न थाल्यो। कर्मचारीले अतिथिको केयर अझ बढाए। यसले होटलको  बिजनेस पनि बढ्न थाल्यो। 
 
दोस्रो हो, उनीहरुले होटलको मार्केटिङ गर्न थाले। हामीसँग अन्तराष्ट्रियस्तरमा मार्केटिङ गर्नका लागि प्रशस्त बजेट थिएन तर केही प्लेटफर्महरु भने उपलब्ध थिए। उनीहरुले ती सबै प्लेटफर्महरुको उपयोग गरे। 
 
उप्पल भन्छन्, त्यसका लागि हामीले धेरै सिस्टमाइज्ड मार्केटिङ एक्टिभिटी सुरु गर्यौं। सोल्टीको नयाँदिल्लीमा सेल्स मिशन गयो। त्यसैगरी मुम्बई र बैंगलोरमा पनि सेल्स मिशनले सोल्टीको मार्केटिङ गर्यो। 
 

Tata
GBIME
Nepal Life

भुकम्प र नाकावन्दीलाई पार लगाएपछि सोल्टी होटलका जिएम उप्पलको मनोवल उच्च बनेको छ। उनी भन्छन्, होटलमा मेरो मात्रै होइन यहाँ सबै कर्मचारीको मनोवल उच्च छ। उनले भने, व्यापार छैन्, सामान छैन्, यो भएन, त्यो भएन भनेर भन्न थाल्नुभयो तपाई अझ बढी डिप्रेस हुन थाल्नुहुन्छ। 
 
त्यसैले जस्तो परिस्थितिमा पनि तपाईं मोटिभेट हुनुपर्छ। तपाईंलाई साथीहरु आएर भन्छन्, इन्धन कम छ, म भन्छु, लक्ष्य उच्च बनाउनुहोस्। साथीहरु आएर भन्छन्, हामीसँग ग्यास कम छ, म भन्छु, विकल्पहरु प्रयोग गरौं र होटलका ग्राहकलाई नयाँ एक्सपेरियन्स दिउँ। र यसका लागि 'लेट्स वर्क बेटर टुगेदर'।
 

त्यसैगरी सोल्टीले आफ्नो साझेदार नेपाल एयरलाइन्ससँग मिलेर उसको डेस्टिनेशनमा मार्केटिङ गर्यो। त्यसैगरी अर्को साझेदार क्यासिनो माजोङसँग मिलेर पनि सोल्टीले ज्वाइन्ट मार्केटिङ गर्यो। व्लकेडका कारण सबै एयरलाइन्सले उडान स्थगित गरेका थिए। चाइना साउदर्नले उडान रोक्यो। तर सोल्टीले चाइना टुरिजम अथोरिटीसँग मिलेर चीनमा संयुक्त प्रवर्द्धन गर्यो। 
 
उनीहरुका लागि नेपालमा फ्याम टुरहरु आयोजना गर्यो। उप्पल भन्छन्, त्यो पाइपलाइनबाट धेरै बिजनेश जनेरेट नभए पनि म्यासेज दिने प्रयास भयो। सोल्टीले भारत र चीनबाहेक बंगलादेशमा पनि मार्केटिङ गर्यो। 

बंगलादेशीहरु क्विक होलिडेका लागि धेरै पटक हङकङ मलेसिया बैंकक र सिंगापुर पुगेका जाने गरेका छन्। उनीहरुका लागि त्यो परम्परागत होलिडे मार्केट हो। उप्पल भन्छन्, त्यसपछि हामीले उनीहरुलाई आकार्षित गर्ने प्रयास गर्यौं। सोल्टी ढाका ट्राभल मार्टमा सहभागी भयो। त्यसैगरी उसले आफ्ना राम्रो सम्वन्ध भएका ठूला ट्राभल अपरेटरसँग मिलेर ज्वाइनट मार्केटिङ गर्यो। यी सबै एक्टिभिटीले सोल्टीलाई व्यापार बढाउन मद्दत गर्यो। 
 
त्यसबाहेक सोल्टीको सबैभन्दा ठूलो स्ट्रेन्थ आइएचजी हो। साउथ इस्ट एशियामा आएचजीको ३९ वटा होटलहरु छन् भने पूरै विश्वमा यसले पाँच हजार होटलको व्यवस्थापन गर्छ। सबैसँग आफ्नै मार्केटिङ टीम छ, सोल्टीले ती पाँच हजार सेल्स टिममार्फत पनि आफ्नो मार्केटिङ गर्यो।
 
आइएचजीको आफ्नै रिवार्ड क्लव मेम्वरहरु छन्। आइएचजीले आफ्ना मेम्वरलाई दिने अफरमा सोल्टी पनि पर्यो। उप्पल भन्छन्, आएचजीको यो मेहनतले सोल्टीको प्रोपर्टीलाई रिपोजसिनिङ गर्यो। 
 
भारतमा गतवर्ष धेरै नै गर्मी भयो। यस्तो बेला अचानक धेरै पर्यटक सोल्टीमा आइपुगे। सोल्टीमा आइपुग्ने कतिपय पर्यटकले त होटल बुकिङ समेत गरेका थिएनन्।  उनीहरुसँग नेपाल आउने कुनै पनि प्लान थिएन। तर गर्मी छल्न आएका उनीहरुको यो अवसरलाई होटल सोल्टीले समात्यो। 
 
छानिएका ट्राभल पार्टनरसँग मिलेर सोल्टीले स्पेशल प्राइस क्याम्पेन पनि गर्यो। त्यही आधारमा सोल्टीले फूड, वेभरेज र रुम रेटहरु तयार गर्यो। सोल्टीले थुप्रै फूड फेस्टिभलहरु गर्यो। यस्ता सर्ट टर्म कन्ट्रयाक्टले सोल्टीलाई राम्रै बिजनेश पनि दियो। उप्पल भन्छन्, हामीले होटलमा हुने गेमका धेरै नियमहरु यसपटक परिवर्तन गर्यौं। 
 
सोल्टीले बिजनेश बढाउन चितवनमा बाराही जंगल लजसँग टाइअप गर्यो। नगरकोटमा कन्ट्रीटचसँग। हामी हाम्रा गेष्ट त्यहाँ पठाउँथ्यौं, उनीहरु आफ्ना गेष्ट हामीलाई, उप्पल भन्छन्, आखिर आवश्यकता नै 'मर्दर अफ अल इनोभेसन' हो। 
 
०००
 
भुकम्प र नाकावन्दीलाई पार लगाएपछि सोल्टी होटलका जिएम उप्पलको मनोवल उच्च बनेको छ। उनी भन्छन्, होटलमा मेरो मात्रै होइन यहाँ सबै कर्मचारीको मनोवल उच्च छ। उनले भने, व्यापार छैन्, सामान छैन्, यो भएन, त्यो भएन भनेर भन्न थाल्नुभयो तपाई अझ बढी डिप्रेस हुन थाल्नुहुन्छ। 
 
त्यसैले जस्तो परिस्थितिमा पनि तपाईं मोटिभेट हुनुपर्छ। तपाईंलाई साथीहरु आएर भन्छन्, इन्धन कम छ, म भन्छु, लक्ष्य उच्च बनाउनुहोस्। साथीहरु आएर भन्छन्, हामीसँग ग्यास कम छ, म भन्छु, विकल्पहरु प्रयोग गरौं र होटलका ग्राहकलाई नयाँ एक्सपेरियन्स दिउँ। र यसका लागि 'लेट्स वर्क बेटर टुगेदर'।
 
तपाईंले थाहा छ, त्यो बाटो जाँदा जोखिम छ। तर जोखिम छ भनेर तपाईं अघि बढ्न त रोकिनुहुन्न। यस्तो बेला जोखिमलाई बाँड्नुपर्छ। र त्यसका लागि मुल मन्त्र हो, यदी तपाईले केही गर्नहुन्न भने केही पनि प्राप्त गर्नुहुन्न। 
 
आखिर म पनि कुनै जादुगर होइन, म त जेनरल म्यानेजर मात्रै हो। त्यसको अर्थ हो म हेड अफ द टिम। यदी हामीले राम्रो काम गरेका छौं भने यो क्रेडिट मेरा म्यानेजर, मेरा कर्मचारी र मेरा वर्कर लिडरलाई जान्छ।
 
०००

हामीले वितेको डेढ वर्षमा हाम्रो सेवा र सुविधालाई स्तरोन्नती गरेका छौं। नयाँ ठाउँमा लगानी थपेका छौं। हाम्रो व्यापार पनि बढेको छ। आम्दानी पनि बढेको छ। तर त्यसबाट म अझै सन्तुष्ट भने छैन्। किनकि हामी सन् २०१४ को अकुपेन्सी लेभलमा मात्रै पुगौं भन्दा पनि अझै ३० देखि ३५ प्रतिशतसम्म अक्युपेन्सी बढाउने सम्भावना छ। त्यो अकुपेन्सीको अर्थ हो अझ बढी रुम रेट। यसबाट हामीले अझ बढी आम्दानी बढाउन सक्छौं। अझ बढी मुनाफा कमाउन सक्छौं।
 
यसका लागि हाम्रो परम्परागत बजारबाट पर्यटक आउन जरुरी छ। नेपाल आउने पर्यटक साहसिक पर्यटनका लागि आउँछ। र त्यसको बजार हो, युरोप। जब युरोपका पर्यटक नेपाल आउँछन्, त्यसपछि औषत पर्यटकको खर्चमा स्केलअप हुन्छ। हामीले अब त्यहाँ बजार प्रवर्द्धन गर्न जरुरी छ। यो वर्ष अगस्टसम्मको पर्यटक आगमन सन्तोषजनक देखिन्छ। त्यो आगमनले यो वर्षको पनि आगामी दिनमा केही उज्जवल सम्भावनाहरु देखाएको छ। 

यो पनि पढ्नुहोस्