फराकिलो स्प्रेडले सिटिजन्स् घाटाबाट बच्यो, स्प्रेड ५.८१ प्रतिशत, २८ करोड प्रोभिजनिङ

बिजमाण्डू
२०६९ माघ १५ गते ००:०० | Jan 28, 2013
काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको पुसमा १० करोड ९ लाख नाफा कमाएको छ । यो ३९.७८ प्रतिशतको वृद्धि हो । करिव ६ प्रतिशत फराकिलो स्प्रेड दरमा काम गरेकाले बैंकको नाफा वढेको हो । स्प्रेड फराकिलो नपारेको भए बैंकले ऋणको व्याज र किस्ता नउठेपछि गरेको नोक्सानी व्यवस्था (प्रोभिजनिङ) वापतको  रकमका कारण नोक्सानीमा जानु पर्ने अवस्था थियो । बैंकले ५.८१ प्रतिशतको फराकिलो स्प्रेड दर राखेको छ । जुन, कतिपय विकास बैंकहरुको भन्दा वढी हो ।
बैंकले नोक्सानी व्यवस्थामा २८ करोड रुपैयाँ राखेको छ । यसमा १३ करोड रुपैयाँ सुधिर वस्नेतको ऋण पनि छ । बैंकले खुद ब्याज आम्दानी ४७ करोड ७० लाख गरेको छ । बैंकले पुससम्म निक्षेप २६ प्रतिशतले वढाएर १९ अब ६३ करोड पुर्याएको छ । कर्जा लगानी पनि ३४ प्रतिशतले विस्तार गरेको छ । पुससम्म बैंकले १६ अर्ब ८९ करोड लगानी गरेको छ । बैंकले यो अवधिमा रियलस्टेट कर्जा ६ प्रतिशतले वृद्धि गर्दै २ अर्ब ६८ करोड पुर्याएको छ ।

Tata
GBIME
Nepal Life