एभरेष्ट बैंकलाई डिपीको लाइसेन्स, बाणिज्य बैंकमा लाइसेन्स पाउने एभरेष्ट बैंक पहिलो

बिजमाण्डू
२०६९ माघ १५ गते ००:०० | Jan 28, 2013
एभरेष्ट बैंकलाई डिपीको लाइसेन्स, बाणिज्य बैंकमा लाइसेन्स पाउने एभरेष्ट बैंक पहिलो

काठमाडौं । एभरेस्ट बैंकले सिडिएस एन्ड क्लियरीङ(सिडिएससी)ले निक्षेप सहभागी(डिपी)को लाइसेन्स पाएको छ । यो लाइसेन्स पाउने एभरेष्ट पहिलो वाणिज्य बैंक हो । डिपीले सेयर, ऋणपत्र लगायतका धितोपत्रहरुलाई विद्युतीय माध्यममा सुरक्षित राख्ने सेवा प्रदान गर्नेछ । लगानीकर्ता र सिडिएससीबीच कारोबार राफसाफ गराउनमा डिपीले सहयोगी भूमिका खेल्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले एक अर्ब सात करोड सञ्चालन नाफा कमाएको छ । यो अवधिमा बैंकको निक्षेप संकलन ९ दशमलब २२ प्रतिशतले बढेर ४९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यसैगरी कर्जा लगानी १६ दशमलब ३३ प्रतिशतले बढेर ४२ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

Tata
GBIME
Nepal Life