नेपालमा भैंसी पाल्न र तरकारी रोप्न आउँदैछन् २ कोरियन नागरिक, १ करोड लगानी, ४१ नेपालीलाई रोजगारी

बिजमाण्डू
२०७३ असोज २७ गते १०:०५ | Oct 13, 2016
नेपालमा भैंसी पाल्न र तरकारी रोप्न आउँदैछन् २ कोरियन नागरिक, १ करोड लगानी, ४१ नेपालीलाई रोजगारी
काठमाडौं। योङ नम किम। दक्षिण कोरियन नागरिक।
 
पाँच हजार नेपालीको लागि रोजगारी खुल्दा ५० हजार भन्दा बढीले भाषा परिक्षा दिने देश हो कोरिया।

Tata
GBIME
Nepal Life


 

किम भने त्यहि देशबाट काम गर्न नेपाल आउँदैछन्। त्यो पनि नेपालीको पुर्ख्यौली पेशा कृषि गर्न। गाई, भैसी, बँगुर पालन र तरकारी खेती उध्येश्य छन् उनका।
किमले ललितपुर कार्यविनायकमा प्राईम एग्रिकल्चर फार्म स्थापना गरि वार्षिक एक लाख ८२ हजार लिटर दुध, ३० मेट्रिक टन तरकारी, २५ वटा बंगुर र त्यतिनै भैसी पाल्ने लक्ष राखेका छन्। ५० लाख रुपैयाँ लगानी गर्ने उनले २५ नेपालीलाई रोजगारी समेत दिनेछन्।
 
त्यस्तै अर्का कोरियन नागरिक हुन चानग्यूक  हान।
 
हानले लमजुङ जिल्लाको विचौर गाविस वडा नम्वर ३ मा विचौर अर्गानिक फार्म स्थापना गरि वार्षिक ९० मेट्रिक टन अर्गानिक तरकारी उत्पादन गर्ने लक्ष लिएका छन्। ५० लाख रुपैयाँको लगानीमा सुरु गर्ने उक्त फार्ममा १६ जनाले रोजगारी पाउने छन्।


 

नेपालीको पुर्ख्यौली पेशा कृषिमा उन्नती नदेखेर युवाहरु विदेश पलायन भइ रहेको बेला यी कोरियन नागरिकले भने नेपालमा खेतीपातीबाटै तरक्की गर्ने सपना साँचेका छन्।
 
उनीहरुले आफ्नो फर्म उद्योग विभागमा दर्ता गरि लगानी प्रतिबद्धता समेत जनाइ सकेका हुन्। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विभागमा दर्ता भएका १२० उद्योग मध्ये कृषिका पाँचवटा वटा उद्योदग मात्रै छन्। ति मध्ये दुई कोरियन र एक चिनियाँ नागरिकले दर्ता गराएका हुन्। नेपालीले पनि दुई वटा व्यवसायीक कृषि उद्योग दर्ता गराएका छन्।
 
कृषि क्षेत्रमा दर्ता भएका पाँच उद्योगमा कुल २६ करोड ६५ लाख रुपैयाँ लगानी प्रतिवद्दता आएको छ। ११० जनालाई रोजगारीको अवसर पनि सिर्जना हुने छ।