सिटिजन्स बैंक र बतास एशोसिएटवीच हिमाल रेमिटबाट प्राप्त विप्रेषण सेवा प्रदान गर्न सम्झौता

बिजमाण्डू
२०६९ माघ १६ गते ००:०० | Jan 29, 2013
सिटिजन्स बैंक र बतास एशोसिएटवीच हिमाल रेमिटबाट प्राप्त विप्रेषण सेवा प्रदान गर्न सम्झौता



काठमाडौं । सिटिजन्स बैंक र बतास एशोसिएटसवीच हिमाल रेमिटबाट प्राप्त हुने विप्रेषण सेवा प्रदान गर्न सम्झौता भएको छ । बैंकका प्रमुख सञ्चालन अधिकृत गणेशराज पोखरेल तथा बतास एशोसिएटसका प्रबन्ध संचालक शान्तराम बतासले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । विदेशमा रहेका नेपालीले हिमाल रेमिट अन्तर्गतका एजेन्टहरु मार्फत पठाएको रकम नेपालमा रहेका आफन्तले बैंकका ३३ वटै शाखाबाट छिटोछरितो तथा भरपर्दो रुपमा भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जारी प्रेस विज्ञप्तिमा छ । यसैगरी बैंकले आफ्नो शाखारहित बैंकिङ्ग सेवा अभियानलाई विस्तार गर्ने क्रममा कैलालीको पहलवानपुर तथा मोरङको टंकिसिनवारीमा २८औं र २९ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको पनि बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।

Tata
GBIME
Nepal Life