घाटामा रहेको सेन्चुरीले पुसमा अढाइ करोड नाफा गर्यो, वर्ष अन्तिममा ९२ करोडको सेयर ल्याउँदै

बिजमाण्डू
२०६९ माघ १६ गते ००:०० | Jan 29, 2013
काठमाडौं । नयाँ आएकामध्ये स्रोत परिचालनमा कमजोर रहेको सेन्चुरी कमर्सियल बैंकले २ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सियल इन्स्टिच्युटलाई अन्तर बैंक सापटी दिएका कारण अघिल्लो पुसमा बैंक १ करोड ५२ लाख रुपैयाँ घाटामा गएको थियो ।
बैंकले एक वर्षको अवधिमा निक्षेप संकलन र कर्जा विस्तार दोब्बर वढीले विस्तार गरेको छ । बंैकले निक्षेप २४४ प्रतिशतले वढाएर ८ अर्ब १६ करोड पुर्याएको छ । अघिल्लो वर्षको पुसमा जम्मा २ अब ३७ करोड मात्र थियो ।
९२ करोड रुपैयाँ बराबरको साधारण सेयर निस्कासनको तयारीमा रहेको बैंकले कर्जा विस्तार २७८ प्रतिशतले वढाएको छ । बैंकले पुस मसान्तसम्म ७ अर्ब २० करोड कर्जा लगानी गरेको छ ।
बैंकले रियलस्टेट कर्जा पनि १०५ प्रतिशतले वढाएको छ । बैंकले रिलयस्टेट कर्जा ३९ करोड २५ लाख पुर्याएको छ । कुुल कर्जा विस्तरबाट बैंक १४ करोड १३ लाख खुद ब्याज आम्दानी गरेको छ ।
चालु आर्थिक वर्षको अन्तिमसम्म साधारण सेयर निस्कासन गर्न लागेको बैंकको अहिले १ अर्ब ८ करोड चुक्ता पुँजी छ । साधारण सेयर निस्कासनपछि बैंकको पुँजी २ अर्ब पुग्ने छ । बैंकको पुँजी लागत ७.३९ प्रतिशत छ । बैंककोआधार दर ११.०७ प्रतिशत छ ।

Tata
GBIME
Nepal Life