चार्टर्डको घरगाडीको ब्याज १० प्रतिशत, प्राथमिक क्षेत्रमा १६, बचतकर्तालाई वढीमा ३.५ प्रतिशत

बिजमाण्डू
२०६९ माघ १६ गते ००:०० | Jan 29, 2013
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले घर र गाडी कर्जा १० प्रतिशत ब्याजमा दिएपनि प्राथमिकता प्राप्त क्षेत्रको कर्जाको व्याज १६ प्रतिशत तोकेको छ । तेस्रो त्रैमासका लागि ब्याज तोक्नै बैंकले निर्यात व्यापारभन्दा आयातित व्यापार कर्जाको ब्याज पनि महँगो राखेको छ ।
बैंकले गाडी खरिद कर्जाको न्युनतम ब्याज ९.९९ प्रतिशत तोकेको छ । घर कर्जाको व्याज ९.४९ प्रतिशत तोकेको छ । उत्पादनमूलक तथा प्राथमिकता प्राप्त क्षेत्रको कर्जा १६ प्रतिशत तोकेको छ ।
बैंकले आयातमूखि ब्यापारका लागि ब्याज १० प्रतिशत तोकेको छ । जबकी निर्यातमूलक व्यापार कर्जाको व्याज १२ प्रतिशत तोकेको छ । औद्योगिक कर्जाको ब्याज १२ प्रतिशत छ ।
बैंकले निक्षेपकर्तालाई अधिकतम साढे तीन प्रतिशत मात्र व्याज दिन्छ । तर सर्वसाधारणमा लगानी गरे वापत साढे १६ प्रतिशतसम्म ब्याज तोकेको छ । बैंकले बचतको ब्याज २ प्रतिशत तोकेको छ ।

Tata
GBIME
Nepal Life