राष्ट्र बैंकको प्रवक्तामा नारायण पौडेल, त्रिलोचन पङ्गेनीलाई जनशक्तिबाट राष्ट्र ऋणमा सारियो

बिजमाण्डू
२०७३ कात्तिक ३ गते १४:१२ | Oct 19, 2016
राष्ट्र बैंकको प्रवक्तामा नारायण पौडेल, त्रिलोचन पङ्गेनीलाई जनशक्तिबाट राष्ट्र ऋणमा सारियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी नारायण पौडेललाई दिएको छ । त्रिलोचन पङ्गेनीलाई हटाएर बैंकिङ सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक पौडेललाई प्रबक्ता बनाइएको हो ।

Tata
GBIME
Nepal Life

जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक रहेका पङ्गेनीलाई प्रवक्ताबाट हटाउँदै सरुवा पनि गरिएको छ । उनलाई राष्ट्र ऋण विभागको नेतृत्व जिम्मा लगाइएको छ ।

राष्ट्र बैंकले बुधबार विज्ञप्ति जारी गर्दै नवनियुक्त प्रवक्ता पौडेलले व्यवस्थापन, अर्थशास्त्रमा स्नातकोत्तर गरेको जानकारी दिएको छ । उनले वेलायतबाट वित्त व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका छन् । उनले २०४६ जेठबाट राष्ट्र बैंकमा आवद्ध छन् ।