तिहारमा चिनी अभाव हुँदैन,साल्ट ट्रेडिङसँग साढे सत्र हजार टन मौज्दात,व्यापारीसँग पनि यथेष्ठ

बिजमाण्डू
२०७३ कात्तिक ४ गते ११:०० | Oct 20, 2016
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले तिहारका लागि आवश्यक चिनी मौज्दात रहेको जनाएको छ।कर्पोरेसनका अनुसार संस्थानसँग हाल १७ हजार पाँच सय मेट्रिक टन चिनी मौज्दात छ ।

कर्पोरेसनका प्रवक्ता कुमारराज भण्डारीका अनुसार संस्थानसँग भएको मौज्दातले तिहारमा अभाव व्योहोर्नुपर्दैन्। उनले भने, ' हामीले ३० हजार मेट्रिक टन चिनी चिनी आयात गरेकाले उपभोक्ताले अभाव खेप्नुपर्दैन् ।'
 
दुई सातामा दुई हजार पाँच सय  टन चिनी आइपुग्ने उनले जानकारी दिए । उनले भने, ' तिहारलाई २० हजार मेट्रिक टन चिनीले सजिलै धान्न सकिन्छ । मुलुकमा चिनीको वार्षिक माग दुई लाख २५ हजार टन छ । मासिकरुपमा २५ हजार टन चिनीको खपत हुने गरेको भण्डारीले बताए।  
 
व्यवसायीका अनुसार प्रयाप्त मात्रामा चिनी मौज्दात रहेकाले तिहारमा अभाव हुँदैन। खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले व्यवसायीसँग चिनीको प्रयाप्त मौज्दात राखेकाले तिहारमा चिनीको अभाव नहुने बताए। ‘व्यवसायीसँग तिहारसम्म पुग्ने टन्न मौज्दात छ त्यस्तै साल्ट ट्रेडिङबाट दुई हजार पाँच सय मेट्रिक टन चिनी उपलब्ध छ’ उनले भने, 'त्यसैले तिहारका लागि कुनै चिन्ता नै छैन ।'
 
 
दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्यको पसलमा  प्रतिकिलो ७९ रुपैयाँमा चिनी बिक्री भइरहेको छ। अहिले उपत्यकाका ११ स्थानमा सुपथ मूल्यका पसलहरु संचालनमा छन्। व्यापारीहरुले पनि खुद्रा पसलमा प्रतिकिलो ७९ रुपैयाँमा नै चिनी बिक्री गरिरहेको बज्राचार्यले जानकारी दिए । 
 
 

Tata
GBIME
Nepal Life