स्मार्ट फोनबाटै सिद्धार्थ बैंकको सेवा लिन सकिने, मोवाइल एप ल्यायो, बिमादेखि बिल तिर्नेसम्म सेवा

बिजमाण्डू
२०७३ कात्तिक ४ गते १६:१८ | Oct 20, 2016
स्मार्ट फोनबाटै सिद्धार्थ बैंकको सेवा लिन सकिने, मोवाइल एप ल्यायो, बिमादेखि बिल तिर्नेसम्म सेवा

काठमाडौं । सिद्धार्थ बैंकले स्मार्टफोन प्रयोगकर्ता ग्राहकका लागि मोवाइल एप ल्याएको छ । सिद्धार्थ बैंक स्मार्ट नामको मोवाइल बैंकिङ एप्लिकेशनबाट ग्राहकले सरल र सुरक्षित तरिकाले आफ्नो रकम प्रयोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

Tata
GBIME
Nepal Life

बैंकको एप्लिकेशन आइओएस र एन्ड्रोइड प्रयोगकर्ता दुवैले डाउनलोड गर्न सक्छन् । एपको माध्यमबाट इन्स्योरेन्सको प्रिमियमको जानकारी र भुक्तानी गर्न सकिन्छ भने विद्यालयको शुल्क पनि तिर्न सकिन्छ ।

फोन पे मेम्बर बैंकबीच अन्तर बैंक कारोबार गर्न सकिनुका साथै बैंकको कुनै पनि खाताबाट अर्को खातामा रकम पठाउन, रकमान्तरको निर्देशन दिन सकिने बैकले विज्ञप्तिमा उल्लेख गरेको छ। एनटिसी, एनसेल, एडिएसएल, डिसहोम र इसेवा रिचार्ज तथा विल तिर्न पनि सकिन्छ ।

एपबाट बैकको शाखा वा एटिएम रहेको स्थान पत्ता लगाउन, खाताको विवरण लिन पनि सकिन्छ ।