कोलम्बो जान हिमालयन एयरलाइन्सले ल्यायो स्किम, एक जनालाई आउन जान ३५१५२ रुपैयाँको टिकट

बिजमाण्डू
२०७३ कात्तिक ४ गते १६:३८ | Oct 20, 2016

काठमाडौं । हिमालयन एयरलाइन्सले जाडोमा कोलम्बो जाने यात्रुहरुका लागि टिकट दरमा स्किम ल्याएको छ । कम्पनीको स्किममा यात्रा गर्न कम्तिमा दुई जना हुनु पर्छ ।

कम्पनीले काठमाडौंबाट कोलम्बो र त्यहाँबाट काठमाडौं फर्किदाँको भाँडा दर ७० हजार तीन सय ४ रुपैयाँ कायम गरेको छ । एक जना यात्रुको भागमा ३५ हजार १५२ रुपैयाँ पर्छ। यो मूल्यमा सरकारलाई बुझाउनु पर्ने कर गणना गरिएको छैन । यसवाहेक लाग्ने कर यात्रु आफैले बुझाउनु पर्छ।

Tata
GBIME
Nepal Life

कम्पनीको स्कमि पुस १६ सम्म लागू हुन्छ । यसका लागि टिकट कात्तिक १४ गतेसम्म खरीद गरिसक्नु पर्छ ।