कच्ची सडकका लागि ब्रिजस्टोनका माइनिङ टायर भित्रियो, जापानी कम्पनीको टायर देशभरी पाइने

बिजमाण्डू
२०७३ कात्तिक ४ गते १७:०६ | Oct 20, 2016

काठमाडौं । ब्रिजस्टोन कर्पोरेसन जापानको नेपालका लागि आधिकारिक बिक्रेता एटिसी प्रालिले खानी तथा क्रशर उद्योगलाई लक्षित गर्दै माइनिङ नाइलन टायर बजारमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

ब्रिजस्टोन टायर इन्डोनेसियामा निर्माण गरिएको हो । यी टायर नेपालभरी नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

माइनिङ टायर खानी तथा कच्ची सडकमा सवारी सञ्चालन गर्न उपयुक्त हुने विज्ञप्तिमा उल्लेख छ । ब्रिजस्टोनको १८० भन्दा वढी उत्पादन २५ देशहरुमा हुन्छ ।