सोल्टी होटल ५० बर्षमा, नेपालगंज रिसोर्ट वैशाखमा सञ्चालन हुने, पोखरामा होटल निर्माण सुरु हुँदै

बिजमाण्डू
२०७३ कात्तिक ४ गते १८:३२ | Oct 20, 2016
सोल्टी होटल ५० बर्षमा, नेपालगंज रिसोर्ट वैशाखमा सञ्चालन हुने, पोखरामा होटल निर्माण सुरु हुँदै
काठमाडौं। सोल्टी होटलले नेपालगञ्जमा निर्माण गरेको रिसोर्ट आउँदो वैशाख देखि सञ्चालनमा आउने भएको छ।
 
सोल्टीले नेपालगंजमा स्पा र स्विमिङ पुल सहितको ८१ वटा कोठा भएको रिसोर्ट बनाउन लागेको हो। ५५ करोड रुपैयाँ लागतको रिसोर्ट निर्माण मध्य चरणमा पुगेको सोल्टीका अध्यक्ष प्रभाकर शमसेर राणाले जानकारी दिए।

Tata
GBIME
Nepal Life


 

यो रिसोर्टलाई होटल क्षेत्रको भोकेसनल तालिम केन्द्रको रुपमा विकास गर्ने उनले बताए। 'नेपालगंजलाई हामी होटेल क्षेत्रका व्यक्तिका लागि आफ्नो स्किल डेभलप गर्ने थलोका रुपमा विकास गर्न चाहन्छौँ, सोल्टी होटल ५० बर्ष पुगेको अवसर पारेर आयोजित पत्रकार सम्मेलनमा राणाले भने- नेपालमा होटेल उद्योग चलाउनेले सीप सिक्न अन्त कतैपनि जान नपरोस भन्ने लक्ष रहेको छ।'


 

कम्पनीले रिसोर्टमा २५० जनासम्मलाई पुग्ने ब्याङ्क्वेट समेत सञ्चालन गर्ने जनाएको छ।
 
सोल्टीले पोखरामा समेत नयाँ होटल खोल्न आवश्यक जग्गा किनि सकेको छ। पोखराको खापुण्डिमा ६० करोड रुपैयाँको लागतमा चारतारे होटेल खोल्न लागेको हो। अध्यक्ष राणाले चेन अवधारणामा होटल विस्तार गर्न पहिलो चरणमा पोखरा र नेपालगञ्जलाई छनौट गरेको बताए। देशका अरु भूभागमा पनि चेन विस्तार गर्ने उनले जानकारी दिए।


 

पोखराको होटल आगामी बैशाखबाट निर्माण थाल्नेगरी काम अगाडि बढि सकेको जनाइएको छ।