कांग्रेस सभापति देउवाले भने- लोकमानले अख्तियारलाई शाही आयोग जस्तो स्वेच्छाचारी बनाए

बिजमाण्डू
२०७३ कात्तिक ४ गते १८:५३ | Oct 20, 2016
कांग्रेस सभापति देउवाले भने- लोकमानले अख्तियारलाई शाही आयोग जस्तो स्वेच्छाचारी बनाए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्ला दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम कारबाहीले शाही आयोगको झल्को दिएको टिप्पणी गरेका छन्।
 
‘यसलाई एउटा निचोडमा पुर्या।उने नै हो,’ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई आज सम्बोधन गर्दै देउवाले भने, ‘तपाईँहरु यसमा खुलेर धारणा राख्नुईस्। हामी संसदीय दलको बैठकबाट लिनुपर्ने निर्णयमा पुग्छौं।‘


 
आजको बैठकलाई टुङ्ग्याउनेक्रममा शेरबहादुर देउवाले यस्तो धारणा राखेको केन्द्रीय सदस्य गगन थापाले जानकारी गराए। उनले भने, 'पार्टी सभापतिज्यूको यो सम्बोधन नै महाभियोगका लागि काफी छ।'
 
पुर्व राजा ज्ञानेन्द्रले २०६१ माघ १९ को कदम पछि भ्रष्टाचार निवारण गर्न भन्दै शाही आयोग गठन गरेका थिए। आयोगले राजनीतिक दलका नेतालाई तह लगाउन छानी छानी भ्रष्टाचारी भन्दै पक्राउ गरेको थियो।
 
कांग्रेस सभापति देउवालाई नै वर्खास्त गर्दै ज्ञानेन्द्रले माघ १९ को कदम चालेका थिए। त्यस पश्चात आयोगले देउवालाई पक्रेर थुनेको थियो। सर्वोच्च अदालतले शाही आयोग खारेज गरेपछि देउवा थुनामुक्त भएका थिए।
 
शाही आयोगका भुक्तभोगी देउवाले लोकमानको पछिल्लो हर्कतलाई संकेत गर्दै अख्तियारलाई शाही आयोगसँग तुलना गरेका हुन्। देउवाको भनाइले नेपाली कांग्रेस लोकमानलाई महाभियोग लगाउने प्रस्तावको पक्षमा उभिने संकेत प्रवल देखिएको छ।
 
सत्ता गठबन्धनमा हिसाब राख्नुपर्छ : गगन थापा
बैठकपछि जानकारी दिँदै स्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले लोकमानलाई अख्तियार प्रमुखमा नियुक्ति गर्नु राजनीतिक अपराध रहेको बताए।
 
‘त्यो भन्दा ठूला गल्ती लोकमानको कदमले देखाएको छ,’ थापाले भने, ‘अहिले प्रकृया ठीक भयो भएन बहस गर्दै गरौला। सत्ता गठबन्धनबाट राजनीतिक इमान्दारिता पालन भयो भएन भन्ने हिसाब पनि राख्नुपर्छ। यसको मतलब महाअभियोको विपक्षमा उभिने भन्ने होइन।‘
 

Tata
GBIME
Nepal Life