नविल बैंकले माग्यो ११० जना फ्रेस स्टाफ, १० जना म्यानेजमेन्ट ट्रेनी र १०० जना ट्रेनी एसिस्टेन्ट

बिजमाण्डू
२०७३ कात्तिक ५ गते ११:३८ | Oct 21, 2016
नविल बैंकले माग्यो ११० जना फ्रेस स्टाफ, १० जना म्यानेजमेन्ट ट्रेनी र १०० जना ट्रेनी एसिस्टेन्ट
काठमाडौँ । नविल बैंकले ११० जना फ्रेस स्टाफ माग गरेको। बैंकले १०० जना ट्रेनी एसिस्टेन्ट र १० जना म्यानेजमेन्ट ट्रेनी माग गरेको छ।
 
ट्रेनी एसिस्टेन्ट बैंकको सबै भन्दा कनिष्ट पद हो भने म्यानेजमेन्ट ट्रेनी अधिकृत तहमा प्रवेश गर्ने पद हो।
 
स्नातक तहमा कम्तिमा सेकेन्ट डिभिजन या २.५ जिपिए ल्याउनेले यो पदमा आवेदन गर्न सक्ने जनाइएको छ। लिखित र मौखिक परिक्षामा उत्तिर्ण हुनेलाई कम्तिमा दुई बर्षको परिक्षण अधवि हुनेछ।
 
त्यसपछि एसिष्टेन्ट तहको स्थायि नियुक्ती दिने बैंकले जनाएको छ। २५ बर्ष भन्दा कम उमेरका युवा युवतीले यो तहमा आवेदन दिन पाउनेछन्।
 
म्यानेजमेन्ट ट्रेनीका लागि भने स्नातकोत्तरमा फष्ट डिभिजन या ३.२५ जिपिए ल्याएको हुनुपर्ने बैंकले जनाएको छ। कमर्स, व्यवस्थापन, तथ्याङ्क शास्त्र, फाइनान्स, व्यवसाय, लेखा या वैंङ्किङ सँग सम्बन्धित विषय पढेको हुनुपर्ने समेत जनाइएको छ। चार्टर्ट एकान्टेन्सी पढेका व्यक्ति समेत आवेदन दिन पाउनेछन्।
 
म्यानेजमेन्ट ट्रेनीलाई कम्तिमा एक बर्षको तालिम एवं परिक्षणकाल पश्चात अधिकृत तहमा स्थायी नियुक्ति दिने बैंकले जनाएको छ। बैंकमा आवेदन दिने अन्तिम मिति कात्तिक १९ गतेलाई तोकिएको छ। आवेदन मेरोजब डट कममा दिनु पर्नेछ।
 

Tata
GBIME
Nepal Life