सिटिजन्स बैंकले १४१ प्रतिशत नाफा बढायो, एनआईसी एसियाको पनि ११ करोडले बढ्यो मुनाफा

बिजमाण्डू
२०७३ कात्तिक ५ गते १२:१९ | Oct 21, 2016
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशलनले चालु आर्थिक बर्षको पहिलो क्वार्टरमा उत्साहजनक रिजल्ट निकालेको छ। 
 
बैंकले खुद मुनाफा १४१ प्रतिशतले बढाउन सफल भएको हो। गत आर्थिक बर्षको पहिलो क्वार्टमा १४ करोड २७ लाख ८० हजार रुपैयाँ खुद मुनाफा कमाएको बैंकले चालु आवको असोज सम्ममा ३४ करोड ५१ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको हो। 
 
बैंकको ब्याज आम्दानी २२ करोड रुपैयाँले बढेको छ भने ब्याज खर्च नौ करोड रुपैयाँ मात्र बृद्धि भएको छ। खुद ब्याज आम्दानी १३ करोड रुपैयाँले बढेको हो।
अर्को तर्फ सम्भावित जोखिमका लागि बैंकले छुट्याएको रकमबाट ४४ करोड ५८ लाख रुपैयाँ राइट ब्याक भएको छ। गत आवको पहिलो क्वार्टरमा बैंकले सात करोड ८८ लाख रुपैयाँ मात्र राइट ब्याक गरेको थियो। बैंकले २७ करोड ८२ लाख रुपैयाँ एक्स्ट्राअर्डिनरी खर्च गरेको छ। 
 
ठूलो परिमाणमा राइट ब्याक गरेपश्चात बैंकको खराव कर्जा २.३५ प्रतिशतबाट १.७३ प्रतिशतमा झरेको छ।
 
एनआईसी एसिया बैंक पनि १० करोड रुपैयाँ भन्दा बढी खुद मुनाफा बढाउन सफल भएको छ। बैंकले २६ करोड १० लाख ४६ हजार रुपैयाँ नाफा कमाएको हो। गत आवको पहिलो क्वार्टरमा यो बैंकले १५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
 
बैंकको खुद ब्याज आम्दानी १९ करोड रुपैयाँले बढेको छ। बैंकको खरावकर्जा समेत १.८३ प्रतिशतबाट ०.९० प्रतिशतमा झरेको छ।

Tata
GBIME
Nepal Life