नेपाल टेलिकममा नयाँ एमडी आएसँगै उच्च अधिकारीको सरुवा,प्रदिपराज उपाध्याय प्रमुख व्यवसाय अधिकृत

बिजमाण्डू
२०७३ कात्तिक ५ गते १३:३७ | Oct 21, 2016
नेपाल टेलिकममा नयाँ एमडी आएसँगै उच्च अधिकारीको सरुवा,प्रदिपराज उपाध्याय प्रमुख व्यवसाय अधिकृत
काठमाडौं। नेपाल टेलिकममा नयाँ प्रवन्ध निर्देशक (एमडी) नियुक्त भएसँगै उच्च पदस्थ अधिकृतहरुको सरुवा भएको छ।
 
नयाँ एमडी कामिनी राजभण्डारीले संस्थामा प्रभावशाली छ विभागका प्रमुख हेरफेर गरेकी हुन्।
 
कामिनी आफैंले यसअघि हाँकेको प्रमुख प्राविधिक निर्देशक (सिटिओ) लोचनलाल अमात्यलाई ल्याएकी छिन्। उनी यसअघि वायरलेस सेवा निर्देशनालय पुल्चोकका प्रमुख थिए।
 
त्यस्तै भद्रकालीस्थित केन्द्रिय कार्यालयको अन्तराष्ट्रिय सेवा निर्देशनलायमा रहेका अशोक थापालाई वायरलेस सेवा निर्देशनालयका पठाइएको छ।
 
अन्तराष्ट्रिय सेवा निर्देशनालयमै रहेका कम्पनी सचिव प्रदिपराज उपाध्यायलाई प्रमुख व्यावसाय अधिकृतमा सरुवा गरिएको छ।
 
यसअघि विजनेस डिपार्टमेन्टमा कार्यरत रहेकी मिनु प्रधानलाई वायरलेस सेवा निर्देशनालयमा सरुवा गरिएको छ।
 
अन्तराष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत सह प्रवक्ता डिल्लीराम अधिकारी बबरमहलस्थित टेलिकमको इन्जिनियरिङ हेर्ने 'ब्याकबोन'मा सरुवा भएका छन्। उनी उपप्रवन्धक हुन्।
 
सह प्रवक्तामा यसअघि कम्पनीको प्रवन्ध निर्देशकको कार्यालयका रहेका शोभन अधिकारीलाई ल्याइएको छ। उनी प्रवन्ध निर्देशकको कार्यालयवाट अन्तराष्ट्रिय सेवा निर्देशनालयमा सरुवा भएका हुन्।
 

Tata
GBIME
Nepal Life