इसेवासँग मिलेर सिद्धार्थ बैंकले सुरु गर्यो एक रुपैयाँ नराखी खाता खोल्ने सेवा, फ्रिमा चेक बुक

बिजमाण्डू
२०७३ कात्तिक ५ गते १५:२० | Oct 21, 2016
इसेवासँग मिलेर सिद्धार्थ बैंकले सुरु गर्यो एक रुपैयाँ नराखी खाता खोल्ने सेवा, फ्रिमा चेक बुक


काठमाडौं । एक रुपैयाँ नराखी खाता खोल्दासमेत सिद्धार्थ बैंकले निशुल्क चेक बुक दिने भएको छ । बैंकले शुक्रवार इसेवा खाता सञ्चालनमा ल्याएको हो ।

Tata
GBIME
Nepal Life

जिरो व्यालेन्समा खाता खोल्दासमेत फ्रिमा चेक बुकका साथै इलेक्ट्रोनिक बैंकिङ प्याकेज पनि पाइन्छ । उपभोक्ताले इसेवाको कुनै पनि प्रतिनिधिमार्फत खाता खोल्न सक्छन् ।

इसेवा खाता खोल्ने सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक रामेश्वरप्रसाद वस्याल र इसेवा फोनपेका अध्यक्ष असगर अलीले हस्ताक्षर गरेका छन् ।