मुद्रा विप्रेषक संघको अध्यक्षमा प्रभु मनी ट्रान्सफरका देवीप्रकाश भट्टचन र्निविरोध निर्वाचित

बिजमाण्डू
२०६९ माघ १७ गते ००:०० | Jan 30, 2013
मुद्रा विप्रेषक संघको अध्यक्षमा प्रभु मनी ट्रान्सफरका देवीप्रकाश भट्टचन र्निविरोध निर्वाचित

काठमाडौं । नेपाल मुद्रा विपे्रषक संघको अध्यक्षमा प्रभु मनी ट्रान्सफरका  देवीप्रकाश भट्टचन चयन भएका छन् । यसअघि संघमा इन्टरनेशनल मनी एक्सप्रेस प्रा.ली.का चन्द्रप्रसाद ढकाल अध्यक्ष थिए । मंगलवार सम्पन्न सातौँ  वार्षिक साधरसभाले संघको उपाध्यक्षमा सेवा मनी ट्रान्सफरका बिजय डंगोल, महासचिवमा प्रभु फाइनान्सका राजगोपाल राजभण्डारीलार्इ  चयन गरेको छ । त्यसैगरी कोषाध्यक्षमा  अन्नपूर्ण ट्राभल एण्ड टुर्सका दिपकलाल अमात्य र सचिवमा इन्टरनेशनल मनी एक्स्प्रेसका सुमन पोखरेललाइ चयन गरेको छ।

संघको कार्य समिति सदस्यमा हुलाश रेमिटयान्सका दिवाकर थापा, इन्सेन्टिभ ट्राभल एण्ड टुर्सका हरिमान लामा, ललित मनी ट्रान्सफरका महेन्द्र महर्जन, संसरा जीवनवावु श्रेष्ठ, वल्डलिङ्रक फाइनान्सियल सर्भिसेजका रितेश मित्तल चयन भएका छन् । रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोवारमा संलग्न व्यवसायीवीच एकता, सहकार्य, सदभाव एवं समन्वय राख्न संघको स्थापना भएको हो ।
वैदेशिक रोजगारीमा गएका नेपालीमार्फत भित्रिने गरेको रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोवार गर्ने व्यवसायी संघमा संलग्न छन् । देशमा विदेशी मुद्रा भित्र्याई आर्थिक विकासमा योदान पुर्याउनु र वैदेशिक रोजगारीमा गएका नेपालीको कमाईलाई सुरक्षित बनाउन पनि मुद्रा विप्रेषण व्यवसायीको छाता संगठन नेपाल मुद्रा विपे्रषक संघ स्थापना भएको संघले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा छ ।

Tata
GBIME
Nepal Life