बेस रेटभन्दा कम व्याजदरमा लगानी गर्न रोक लगाउने नेपाल राष्ट्र बैंकको तयारी

बिजमाण्डू
२०६९ माघ १८ गते ००:०० | Jan 31, 2013
बेस रेटभन्दा कम व्याजदरमा लगानी गर्न रोक लगाउने नेपाल राष्ट्र बैंकको तयारी


काठमाडौं । नेपाल राष्ट्र बैंकले आधार दरभन्दा कममा लगानी गर्न नपाइने व्यवस्था गर्ने भएको छ । नेपालमा पहिलो पटक कार्यान्वयनमा आएकाले आधार दरभन्दा कममा पनि लगानी गर्न पाइने छुट राष्ट्र बैंकले दिएको थियो । आधार दरभन्दा कममा लगानी गर्दा बैंकहरुको वित्तीय हित नहुने भन्दै राष्ट्र बैंकले यसभन्दा वढीमा लगानी गर्न निर्देशन दिने तयारी गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्षामा तोकिएको दरभन्दा कममा लगानी नगर्न निर्देशन दिने तयारी गरेको छ ।
केही दिनअघि भेटघाट गर्न गएको बैंकर्स संघको टोलीलाई अहिलेको व्यवस्थाले छुट दिएपनि कममा लगानी गर्न गभर्नर युवराज खतिवडाले मौखिक निर्देशन दिइसकेका छन् । नयाँ आएका बैंकहरुको पुँजी लागत उच्च भएर आधार दर वढी हुने भन्दै उनीहरुले अन्य बैंकसँग प्रतिस्पर्धा गर्न नसकिने भन्दै कममा पनि लगानी गर्न पाउनु पर्ने माग गरेका थिए । उनीहरुको मागलाई सम्वोधन गर्दै राष्ट्र बैंकले कममा पनि लगानी गर्न पाइने व्यवस्था गरेको थियो ।
बैंकहरुले निक्षेप खर्च तथा सञ्चालन जोखिम खर्चहरु कटाएर केही हिस्सा नाफा जोडेपछि न्युनतम व्याज दर तोक्नु पर्छ । आधार दर माघ १ देखि लागू भइसकेको छ । आधा दर्जन बैंकहरुले आधार दर प्रकाशित गरिसकेका छन् । आधार दर ६ देखि ११ प्रतिशतको बीचमा आएको छ । राष्ट्र बैंकका अनुसार, पुराना र ठूला बैंकको ६ देखि ७ प्रतिशतको बीचमा छ । यसपछि आएका बैंकहरुको ८ देखि ९ प्रतिशत छ । नयाँ बैंकको ११ प्रतिशतसम्म छ । यसअघिका बैंकको १० प्रतिशत हाराहारी छ ।

Tata
GBIME
Nepal Life