ग्रान्ड बैंकको नाफा १२ प्रतिशत घट्यो, अग्नी एयरको ऋण डुवेपछि साढे ८ करोड प्रोभिजनिङ

बिजमाण्डू
२०६९ माघ १९ गते ००:०० | Feb 1, 2013
काठमाडौं । ग्रान्ड बैंक नेपालको नाफा साढे १२ प्रतिशतले घटेको छ । पुस मसान्तसम्मको व्यालेन्सिट प्रकाशित गरिसकेका ६ वटा बैंकमध्ये ग्रान्डको मात्र नाफा घटेको हो ।
बैंकले अघिल्लो पुसमा १० करोड ४ लाख नाफा गरेकोमा यसपाली जम्मा ८ करोड ७८ लाख मात्र कमाएको छ । बैंकले अग्नी एयरलाई दिएको ऋण नउठेपछि त्यस वापतको २५ प्रतिशत नोक्सानी व्यवस्था गरेका कारण नाफा प्रभावित भएको हो ।
बैंकको नोक्सानी व्यवस्था वापतको रकम ४६५ प्रतिशतले वढेर ८ रकोड ९४ लाख पुगेको छ । अग्नी एयर लिलामीमा राखेपछि यसका सञ्चालकहरुले अदालतसँग अन्यायपूर्ण हिसावले लिलाम गरेको भन्दै स्टे अर्डर ल्याएका छन् । असोज मसान्तदेखि कै ऋण नउठेपछि बैंकले तीन महिनाको नोक्सानी व्यवस्था गरेको हो ।
ग्रान्डसँगै अग्नीमा सहवित्तीयकरणमार्फत ऋण लगानी गरेका सनराइज बैंक र आइएलएफसी फाइनान्सको व्यालेन्सिट पनि प्रभावित भएको छ ।
तीन महिना ऋण नउठे २५प्रतिशत, ६ महिना नउठे ५० प्रतिशत र एक वर्ष नउठे सत् प्रतिशत नोक्सानी व्यवस्था गर्नु पर्ने राष्ट्र बैंकको प्रावधान छ ।
बैंकले अघिल्लो वर्ष डुवेको ऋणमध्ये ३ करोड ६७ लाख रुपैयाँ उठाएको छ । बैंकले पुस मसान्तसम्म खुद ब्याज आम्दानी १२ प्रतिशतले वढाएर २० करोड २१ लाख पुर्याएको छ ।
बैंकले निक्षेप वढाएर १६ अर्ब २९ करोड र कर्जा १३ अब ६७ करोड पुर्याएको छ । यो अघिल्लो पुसको तुलनामा ३९  र ४१ प्रतिशतको वृद्धि हो ।   बैंकले ३.८७ प्रतिशतको स्प्रेडमा कारोबार गरेको छ । बैंकको आधार व्याज दर १०.५३ प्रतिशत रहेको जनाएको छ ।

Tata
GBIME
Nepal Life