नयाँ दिल्ली। कल्पना सरोज गरिव परीवारमा जन्मेर पनि आफ्नो भाग्य लेख्ने एक दलित महिला हुन्। सानो उमेरमा विहे भए पनि त्यो धेरै दिन टिक्न सकेन।
परिवारको वोझ आफ्नै काँधमा भएकाले दैनिक दुई रुपैयाँ भारुमा मजदूरी गर्नु पर्यो। तर आज उनी आफ्नै हिम्मत र लगनले भारु ७५० करोडको कम्पनीकी मालिक भएकी छन्।
कल्पना सरोजको जन्म सन् १९६१ मा महाराष्ट्रको अकोला जिल्लामा भएको हो। दलित परिवारमा जन्मेकी उनका पिता पुलिस हल्दार थिए। कल्पनाका तीन वैनी र दुई भाइ छन्।
१२ बर्षकी भएपछि उनका पिताले कल्पनालाई पढ्न पठाउन छाडे। त्यस बेला उनी सात कक्षामा पढ्थिन। १२ बर्षकै उमेरमा उनको विवाह आफूभन्दा निकै उमेरको व्यक्तिसँग भयो। विवाह भएपछि उनी त्यहाँ निकै प्रताडित भइन् र माइतै फर्किन्।
त्यसपछि उनी आफ्ना काकासँग मुम्बइ आइन्। कल्पनाका काका सुकुमवाशी वस्तीमा बस्थे र उनी पापड बेच्थे। कल्पनालाई सिलाइबुनाइको काम आउँथ्यो। काकाले उनलाई कपडा मिलमा काम लगाइ दिए।
काम गर्न मिल पुगेको कल्पना निकै डराइन् र उनले सिलाइ मेसिन राम्रोसँग चलाउन पनि सकिनन्। मिलका मालिकले उनलाई सुरुमा कामा राख्न मानेका थिएनन्। तर पछि मालिकको मन फर्कियो र उनलाई दैनिक २ रुपैयाँ भारुमा धागो काट्ने काममा राखे।
त्यसैबीच एउटा घटना घट्यो। उनकी वहिनी एकदमै गम्भिर विरामी भइन् र केही दिनपछि मृत्यु पनि भयो। त्यसपछि लाग्यो कल्पनालाई- गरिवीभन्दा खराव कुरा यो सन्सारमा नहुने रहेछ। त्यसपछि उनी धनी हुने बाटोमा अगाडि वढिन्।
कल्पनाले घरमा नै सिलाइ मेसिन राखिन्। दैनिक १६/१६ घण्टा काम गर्न थालिन्। त्यहाँबाट केही पैसा कमिएपछि उनले मेसिन थप्दै लगिन्, व्यवसाय विस्तार गर्न थालिन्।
व्यवसाय वढाउन उनले बैंकबाट ऋण लिने सोचिन्। तर उनीसँग घुस मागियो। घुस लिने समस्यासँग जुध्न उनले केही व्यक्तिहरुसँग मिलेर संठन बनाइन्। त्यो संगठनले सरकारी योजनालाई प्रचार प्रसार गर्दै ऋण दिलाउन सहयोग गर्थियो। विस्तारै संगठनको नाम सबैतिर फैलिन थाल्यो अनि कल्पना पनि पपुलर हुन थालिन्।
कल्पनाले एउटा सरकारी योजनाबाट ५० हजार भारु ऋण लिइन् र २२ बर्षको उमेरमा फर्निचर व्यवसाय सुरु गरिन्। विस्तारै उनले व्यवसाय वढाउँदै लगिन्।
उनले एउटा विवादित जग्गा खरीद गरिन्। एक लाख भारु पर्ने त्यो जग्गाको विवाद मिलाइन्। विवाद सकिएपछि त्यसको भाउ ५० लाख भारु पुग्यो। त्यो जग्गामा पुर्वाधार वनाउन उनले एक व्यवसायीसँग साझेदारी गरिन्। मुनाफाको ६५ प्रतिशत आफै राख्दिन्। उनले त्यो सम्पति साढे चार करोड भारुमा वेचिदिइन्।
विवादका कारण १९८५ मा कमानी ट्युब्स नामकी कम्पनी बन्द भएको थियो। पछि त्यहीका मजदूरहरुलाई कम्पनीको स्वामित्व दिइयो। मजदूरहरुले कम्पनी चलाउने सम्भावनै रहेन। मजदूरहरुले यस बारेमा कल्पनासँग कुराकानी गरे।
सुरुमा त कल्पनाले यसलाई अस्वीकार गरिन्। पछि भने उनी कम्पनीको सञ्चालक बन्न तयार भइन्। कल्पनाको प्रयासबाट कम्पनी विस्तारै ऋणबाट मुक्त हुन थाल्यो। सन् २००६ मा उनले अदालतको सहायतबाट सम्पूर्ण कम्पनी आफ्नो बनाइन्।
कल्पनाले एक बर्षमा कम्पनीको सबै ऋण चुक्ता मात्र गरिनन् तीन महिनाभित्र मजदूरको सबै बाँकी बक्योदा पनि भुक्तानी गरिदिइन्।
आज उनको कम्पनीको भ्यालु ७५० करोड भारु पुगेको छ। उनको यो उपलब्धिका लागि सन् २०१३ मा पद्मश्री सम्मान गरियो।