हुन्डाईका दुई नयाँ एक्स्याभेटर नेपाली बजारमा, नेपालमा हुन्डाइको ३० प्रतिशत बजार हिस्सा

बिजमाण्डू
२०७३ मंसिर १४ गते १८:५२ | Nov 29, 2016
काठमाडौं। हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाले दुई नयाँ स्काभेटर नेपाली बजारमा ल्याएको छ। कम्पनीले आर ३४० एल सी-७ र आर ३९० एल सी-९ स्काभेटर नेपाली बजारमा बिक्री सुरु गरेको हो।
 
राजधानीमा पत्रकार सम्मेलन गरि नयाँ उपकरण बिक्रीको जानकारी दिइयो। कार्यक्रममा कम्पनीका सेल्स एण्ड मार्केटिङ महाप्रबन्धक सी एच क्वाकले विकासको बाटोमा अगाडी बढिरहेको नेपाल हुन्डाईका लागि एक महत्वपूर्ण बजार रहेको बताए।

Tata
GBIME
Nepal Life


 

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाका मार्केटिङ प्रमुख श्रवण अग्नीहोत्रीले नेपाली निर्माण क्षेत्रमा हुन्डाईका उपकरणको बजार हिस्सा ३० प्रतिशत रहेको जानकारी दिए। 
 
नेपालका जलविद्युत आयोजना, सडक, पूर्वाधार लगायतका विकास परियोजनामा आफ्नो कम्पनीका उपकरण प्रयोग भैरहेको उनले बताए। आगामी ३/४ बर्षमा २० प्रतिशतले नेपालमा कन्सट्रक्सन उपकरणको बजार बढ्ने अपेक्षा गरेको उनले जानकारी दिए।


 

कम्पनीले नेपालका लागि आधिकारिक विक्रेता कन्स्ट्रक्सन सलुशन मार्फत यसअघि आर २२०, २१५,  (एल सी-७), आर ८०-७, आर १४० एल सी-९ लगायतका उपकरण नेपाली बजारमा बिक्री गर्दै आएको थियो। 
 
हुन्डाइ कन्ट्रक्सन पुर्वाधार निर्माणमा प्रयोग हुने उपकरणसँगै पानी जहाज लगायतका हेवि इक्विपमेन्ट बनाउने कम्पनी हो।