पोखरेलले छाडे मेगा बैंक,मुक्तिनाथ विकास बैंकमा नायव प्रमुख कार्यकारीको जिम्मेवारी

बिजमाण्डू
२०७३ मंसिर १९ गते १६:१५ | Dec 4, 2016
पोखरेलले छाडे मेगा बैंक,मुक्तिनाथ विकास बैंकमा नायव प्रमुख कार्यकारीको जिम्मेवारी


काठमाडौं। मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रधुम्न पोखरेल नियुक्त भएका छन्।उनी  यसअघि मेगा बैंकमा सहायक महाप्रवन्धक पदमा कार्यरत थिए।
 

वाणिज्यशास्त्रमा स्नातकोत्तर हासिल गरेका उनले नबिल बैंकबाट सेवा सुरु गरेका थिए।वाणिज्य बैंकमा उनको १९ वर्षको कार्य अनुभव छ।उनले आइतबार कार्यभार ग्रहण गरे। वाणिज्य बैंकमा काम गर्दाको अनुभवले मुक्तिनाथलाई थप उचाइमा पुर्याउन पहल गर्ने उनले बताए।
 
२०६३ पुस १९ गते स्याङ्जाबाट कारोबार थालेको मुक्तिनाथले कार्यक्षेत्र विस्तार गर्ने क्रममा २०६५ जेठमा मुख्य कार्यालय पोखरा स्थानान्तरण गरेको हो । २०७२ असारमा चुक्ता पुँजी पुर्याएर राष्ट्रिस्तरको विकास बैंकमा स्तरोन्नति भएको हो ।

Tata
GBIME
Nepal Life

पुस महिना भित्रमा मुख्य कार्यालय काठमाडौंमा स्थानान्तरण गरिने र त्यसको स्वीकृति र तयारी पूरा भएको सिइओ भरतराज ढकालले जानकारी दिए । बैंकको हालै सम्पन्न साधारणसभाले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । राष्ट्रबैंकले तोकेकै समयमा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउने दाबी ढकालले गरे ।

कार्यक्षेत्र विस्तारकै क्रममा ओखलढुंगा, मकवानपुर, पर्सा र नवपरासीमा ८ शाखा थप गरिने भएको छ । हाल ५० भन्दा बढी शाखा र ६ सय कर्मचारी रहेको मुक्तिनाथले स्याङ्जा कास्की र तनहुँका सबै जिल्लमा बैंकिङ पहुँच पुर्याएको छ ।

असोज मसान्तसम्म १२ अर्ब ८८ करोड निक्षेप संकलन गरी ११ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको उनले बताए। उनका अनुसार  चालु आवको ३ महिनामा ९ करोड ९७ लाख खुद नाफा कमाएको छ । जगेडा कोषमा ६० करोड ३१ लाख रुपैयाँ रहेको मुक्तिनाथको  एनपिएल शून्य दशमलव १८ प्रतिशत छ । हालसम्म विपन्न वर्ग कर्जा २६ दशमलव ३५ प्रतिशत रहेको छ ।