नारायणगढमा सुरु भयो सुविधा सम्पन्न बस, निशुल्क वार्इफार्इदेखि मोबाइल चार्जसम्मको सुविधा

बिजमाण्डू
२०७३ मंसिर २० गते १५:०३ | Dec 5, 2016
नारायणगढमा सुरु भयो सुविधा सम्पन्न बस, निशुल्क वार्इफार्इदेखि मोबाइल चार्जसम्मको सुविधा
काठमाडौं।नारायणगढमा सुविधा सम्पन्न सिटी बस संचालनमा आएको छ।ग्लोबल मेट्रो सिटी बस प्रालिले सुविधा सम्पन्न २६ सिट भएको टाटा ४०७ बस संचालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

सुलभ भाडादरमा सुविधासम्पन्न बस संचालनमा ल्याएको कम्पनीका अध्यक्ष बद्रीप्रसाद अधिकारीले जानकारी दिए।सिप्रदी ट्रेडिङका सिओओ राजेशप्रसाद गिरीले टाटाको नयाँ बस सुविधा सम्पन्न भएकोले सहज यात्राको माध्यम बन्ने दाबी गरे।

बसमा स्मार्ट कार्डको व्यवस्था गरिने अध्यक्ष अधिकारीले बताए। बसमा सीसी क्यामरा,मोबाइल चार्जको सुविधा,निशुल्क वार्इफार्इ र एलर्इडी टेलिभिजन रहेको उनले बताए।