मोबाइल सेवा सजिलै अर्को नेटवर्कमा जान सकिने सुविधा, विशेषज्ञ सेवाका लागि बोलपत्र आब्हान

बिजमाण्डू
२०७३ मंसिर २० गते १७:०९ | Dec 5, 2016
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मोवाइल नम्वर पोर्टेविलिटीको नियमावली बनाउन विशेषज्ञ सेवाका लागि बोलपत्र आब्हान गरेको छ।प्राधिकरणले अन्तर्राष्ट्रिय फर्मलाई नेपालमा नम्वर पोर्टेविलिटीको लागि नियमावली बनाउन  लागतसहितको कार्ययोजना पेश गर्न प्रस्ताव गरेको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले आगामी जनवरी २० सम्म प्रस्ताव पेश गर्ने समयसीमा तोकेको छ।९५ दिनभित्र पोर्टेविलिटीको नियमावलीको काम सकाउने गरी प्राधिकरणले ३० दिनका लागि एकजना अन्तराष्ट्रिय स्तरको टेलिकम विशेषज्ञ, ५० दिनका लागि एकजना राष्ट्रियस्तरको टेलिकम्युनिकेसन विशेषज्ञ र १५ दिनका लागि एकजना कानुनी विशेषज्ञको माग गरेको हो।
 

एउटा मोवाइल अपरेटरबाट सेवा लिइरहेको ग्राहकले आफूले चाहे अनुसार नेटवर्क परिवर्तन गर्न पाउने सुविधालार्इ नम्वर पोर्टेविलिटी भनिन्छ।नम्वर पोर्टेविलिटीको सुविधा भएपछि ग्राहकले कुनै अपरेटरको सेवा मन नपरे अर्कोमा सजिलै जान सकिन्छ।