सेयर सुचक बढ्यो कारोबार बढेन: लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा, वित्तीय क्षेत्र उक्लियो

बिजमाण्डू
२०७३ मंसिर २१ गते १५:१३ | Dec 6, 2016
सेयर सुचक बढ्यो कारोबार बढेन: लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा, वित्तीय क्षेत्र उक्लियो

काठमाडौं। सेयर बजारमा दोहोरो अंकको सुधार आए पनि कारोबार रकम भने खासै वढ्न सकेन। मंगलबार बजार करिव १० अंकले बढेको छ। कारोबार रकम भने ७७ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ।
 
जलविद्युतवाहेक सबै उपसुचक हरियो भएको छ। वित्तीय क्षेत्रले साथ दिएपछि बजार हरियो भएको हो। जलविद्युत भने ६ अंकले ओर्लिएको छ। बजार सुरुमा उक्लिए पनि पछि ओरालो लागेको थियो। फेरि बजारले युटर्न लिएर दोहोरो अंकको बृद्धिमा आफूलाई टिकाएको थियो। बजार तलमाथि भइरहेकाले लगानीकर्ता संसङ्कित देखिएको एक ब्रोकरले जानकारी दिए।
 
बाणिज्य बैंकहरुको समूह ६.४४ अंकले बढेको छ। होटल साढे ५२, विकास बैंक सवा दुई, फाइनान्स साढे पाँच, बिमा १७८ र अन्य आधा अंकले बढेको छ।
 
केही दिनयता अरुण फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढिरहेको छ। मंगलबार पनि कम्पनीको सेयर मूल्य वढेर २३१ रुपैयाँ पुगेको छ। यसपछि मेरो माइक्रोफाइनान्स, श्रृजना फाइनान्सको सेयर मूल्य वढेको छ।
 
बजार दोहोरो अंकले उक्लँदा पनि कर्णाली डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले झरेको छ। वढि झर्नेमा युनाइटेड फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्सलगायत छन्।
 
बजारमा सबैभन्दा वढि कारोबार सिद्धार्थ बैंकको ८ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। शिखर इन्स्योरेन्स, फर्स्ट माइक्रोफाइनान्स, स्टान्डर्ड चार्टर्ड बैकको सेयर पनि धेरै कारोबार हुने सुचीमा परेको छ।
 
नियमित घटिरहेको बजार उकालो लागेपनि लगानीकर्ताको विश्वास बलियो नभइसकेकाले कारोबार खास वढ्न नसकेको एक ब्रोकरले जानकारी दिए। लगानीकर्ताहरु 'पर्ख र हेर' को अवस्थामै रहेको ती ब्रोकरले दावी गरे।

Tata
GBIME
Nepal Life