३५ करोड लगानीको रिजाल फेनोलिक्सले सिपिभिसी पाइप बजारमा ल्यायो, पचास वर्ष भन्दा बढी टिक्ने

बिजमाण्डू
२०७३ मंसिर २२ गते १३:०१ | Dec 7, 2016
३५ करोड लगानीको रिजाल फेनोलिक्सले सिपिभिसी पाइप बजारमा ल्यायो, पचास वर्ष भन्दा बढी टिक्ने
विराटनगर। ३५ करोड लगानीमा स्थापना भएको रिजालको फेनोलिक्स पोलिपार्क इन्डस्ट्रिजले ‘रिजालको’ ब्रान्डकै सिपिभिसी पाइप बजारमा ल्याएको छ।‘रिजालको’ ब्रान्डका ग्यास, पानी ट्यांकी र ग्यास गिजर उत्पादन गरिरहेको उद्योगले बुधवारदेखि सिपिभिसी पाइप बजारमा ल्याएको हो। 
 

Tata
GBIME
Nepal Life

यो उद्योगका संचालक युवा उद्यमी नवीन रिजाल हुन्।धारा, बाथरुम र पानीका सबैजसो पाइप फिटिङमा सिपिभिसी पाइपको प्रयोग उपयुक्त हुने रिजालले बताए ।
 

ग्यास गिजर र इलेक्ट्रिक गिजरमा पनि यो पाइप उपयोगी हुने उनको दाबी छ।‘यो पाइप ५० वर्षभन्दा बढी टिक्छ’, उनले भने, ‘यो खिया प्रतिरोधक छ । साथै दुई सय डिग्रीसम्मको तातो पानी थेग्नसक्छ । त्यसैले औद्योगिक प्रयोजनका लागि धेरै उपयोगी छ ।’ उनले भने।
 
तत्काल बजारको मागलाई हेरेर आधादेखि दुई इन्च सम्मका सिपिभिसी पाइपको उत्पादन गरिएको बताउँदै रिजालले मागअनुसार यसको आकारमा थपघट गर्न सकिने जानकारी दिए ।