रक्सौंलमै चलेन दुर्इ हजारको भारु नोट, ठूलो नोट सटही नहुँदा साना व्यापारी मर्कामा

बिजमाण्डू
२०७३ मंसिर २२ गते १४:४५ | Dec 7, 2016
वीरगञ्ज। पाँच सय र हजारको नोट प्रतिवन्धपछि भारत सरकारले ल्याएको दुर्इ हजारको नोट रक्सौंलमै सटहीमा समस्या भएको छ।एटीएमबाट बैंकबाट ल्याएको दुर्इ हजारको नोट सटही नभएपछि रक्सौंलका व्यापारी समस्यामा परेका छन्।
   
रक्सौल ,कौडिहार चोक स्थित एसिया टेलर्सका सञ्चालक मोहम्मद सत्तार मियाँले भारु दुर्इ हजारको नोट नचल्दा समस्या भएको बताए।

Tata
GBIME
Nepal Life

‘दुर्इ हजारको नोट नचलेर हामी हैरान भएका छौं,’ उनले भने, दुर्इ हजारको नोट लिएर पसलमा गए सानो नोट ल्याउनु भनेर फर्काउँछ।घरायसी सामान किन्न पनि कठिन भइरहेको छ।

उनका अनुसार केही व्यवसायीले ठूला नोट लिएर सानो नोट दिएका छन्। बैंक र बजारमा साना नोट नपाइने र बैंकमा पनि सीमा तोकेकोले समस्या भइरहेकाे मियाँले बताए।