‘प्यासिभ’ भए सेयर लगानीकर्ता, कारोबार न्युन, ‘डिमान्ड’ लगातार घट्दो, ५ उपसूचक राता

बिजमाण्डू
२०७३ मंसिर २२ गते १५:४८ | Dec 7, 2016
काठमाडौँ । सेयर बजारमा क्रमशः बियरिस ट्रेन्ड बलियो हुँदै गएको छ। बजारमा ठूलो अंकको गिरावट नभए पनि कारोबार रकमका आधारमा यस्तो संकेत देखिएको ब्रोकरहरु बताउँछन्।
 
बुधबार बजार खुल्ने बित्तिकै देखि कारोबारमा उत्साह देखिएन। १०/२० कित्ताको दरले खरिद बिक्री सुरु भएको थियो। यहि कारण साताको चौथौ दिन पछिल्लो समयको औषत भन्दा आधाको मात्र सेयर खरिद बिक्री भयो।
 
१३७ कम्पनीको ५० करोड ८७ लाख रुपैयाँ बराबरको छ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको हो। पछिल्लो समय औषत एक अर्ब रुपैयाँ माथिको कारोबार हुँदै आएको थियो। 
 
‘बजारमा किन्ने र बेच्ने दुबै देखिन्छ्न’ एक ब्रोकरले भने- तर, उनीहरु बीच मूल्यको मोलमोलाइ असाध्यै बढेको छ।’ खरीद कर्ताले असाध्यै कम मुल्यमा त्यो पनि थोरै कित्ताका लागि मात्र ‘बाइ पोजिसन’ लिन थालेको उनले बताए। 
 
१५५४ अंकमा खुलेको बजार डेढ घण्टासम्ममा तीन अंकले बढेको थियो। त्यसपछि बिस्तारै बजारले घट्ने लय समात्यो। सवा दुई बजेसम्ममा बजार १५४८ अंकमा झरेको थियो। त्यसपछि बिस्तारै उकालो लागेर १५५३.९० अंकमा बजार बन्द भएको हो।
 
नेप्से परिसूचक मंगलबारको तुलनामा ०.६१ अंकले घटेको हो। क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.११ अंकले झर्दै ३३६.२३ अंकमा ओर्लिएको छ।
 
बुधबार जलबिद्युत, उत्पादन मूलक र अन्य बाहेक सबै उपसूचक ओरालो लागे। सबै भन्दा धेरै होटल उपसूचक १.५ प्रतिशतले घटेको छ। 
 
सबै भन्दा धेरै एनबी इन्स्योरेन्सका सेयरधनीले ८.७० प्रतिशत कमाएका छन्। हिमालयन डिष्टिलरी र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सात प्रतिशत भन्दा धेरै कमाए। 
 
कर्णाली विकास बैंक र ललितपुर फाइनान्सको सेयर मूल्य नौ प्रतिशत भन्दा धेरैले घटेको छ।

Tata
GBIME
Nepal Life